एनआरएनद्वारा १२ बुँदे काठमाडौं घोषणापत्र जारी, के छ घोषणापत्रमा ? (पूर्णपाठसहित)   •   कूल आचार्यले एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तलाई बधाई दिँदै भने: 'यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ'   •   उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, यसरी हुँदैछ उपनिर्वाचन   •   दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारणलाइनका लागि मोदी र कुलमान एकमत   •   स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्चद्वारा रोक्का   •   नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)

थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई रसिया भ्रमणमा

‘ई-गभरमेन्ट फर सिटिजन इम्पावरमेन्ट अफ रुरल मनिसिपालिटी’ मा गेष्ट स्पीकरको रुपमा प्रस्तुति दिने

47879
  • शिखरपोष्ट रिपोर्टर

ashim raiकाठमाडौं, २९ असार २०७६ । थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई एक हप्ताको लागि रसिया भ्रमणमा निस्कनुभएको छ । एसिया प्यासिफिक रिजनल इन्टरनेट गभरमेन्ट्स फोरमले रसियाको भ्लाडिभस्टकमा आयोजना गर्न लागेको स्थानीय तहसम्बन्धि एक विशेष कार्यक्रममा भाग लिनका लागि उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

अध्यक्ष राईले रुसमा ‘ई गभरमेन्ट फर सिटिजन इम्पावरमेन्ट अफ रुरल मनिसिपालिटी’ विषयमाथि अतिथि बक्ता (गेष्ट स्पीकर)को रुपमा आफ्नो प्रस्तुति दिनुहुनेछ । अघिल्लो वर्ष उहाँ गाउँपालिकाको प्रतिनिधित्व गर्दै चीन भ्रमणमा जानुभएको थियो ।

संघीय व्यवस्थाअनुसार स्थानीय तहले जनतालाई सेवा प्रवाह गर्दा ईन्टरनेटको प्रयोगबाट कसरी जनतालाई सहज र सुलभ सेवा दिने भन्ने विषयमा कार्यक्रम केन्द्रित हुने भएकाले समग्र गाउँपालिका र जनताका लागिसमेत यो कार्यक्रम फलदायी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

५० वटा देशहरुको सहभागिता रहने उक्त कार्यक्रममा नेपालबाट अध्यक्ष राई र प्रधानमन्त्री कार्यलयअन्तर्गत सूचना परिषद, नेपाल टेलिकमका विज्ञसहितको चार सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

‘पचास मुलुकका सहभागिहरुबीच आपसी अनूभव आदनप्रदान हुनेछ’, रसिया प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शिखरपोष्टसित कुराकानी गर्दै आफ्नो भ्रमणबारे भन्नुभयो ‘मैले चाही थुलुङ दुधकोशी गाउँपालिकामा एउटा मोडल कार्यक्रम डेभलप गरौं, जुन चाही नेपाललगायत एसिया प्यासिफिक कन्ट्रीहरुको लागि मोडल हुनेछ भन्ने कुरा यो अन्तर्राष्ट्रिय फोरममा राख्नेछु ।’

गोञ्जाओ, सिउल ट्रान्जिट हुँदै टोली कार्यक्रमस्थल पुग्ने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*