व्यवसायीहरु नमिलेसम्म पर्यटन क्षेत्रको भ्रष्टाचार नरोकिने नेता न्यौपानेको भनाइ   •   टान निर्वाचनको पूर्वसन्ध्यामा पूर्वअध्यक्षहरुको भेला !   •   कम्पनी रजिस्ट्रार कार्यालयले पनि सम्पत्ति शुद्धीकरण निर्देशिका जारी गर्ने   •   रवि लामिछाने पत्नी निकिताको उजुरी दर्ता गर्न प्रहरीले मानेन   •   प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता   •   २ बुदे घोषणापत्र जारी गर्दै सकियो माक्र्सवाद तथा एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन

प्रदेश १ को निर्णय : मृतकका परिवारलाई २ लाख, घाइतेको निःशुल्क उपचार

47887

pardesh-sava-office-biratnagar-5a781351a13eb4.81418177असार २९, २०७६ विराटनगर : प्रदेश १ सरकारले बाढीपहिरोबाट मृत्यु भएकाको परिवारलाई प्रतिमृतक २ लाख रुपैयाँ दिने भएको छ। प्रदेशको राजधानी विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको बैठकले मृतक परिवारलाई २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

साथै घाइतेहरूको सरकारी अस्प्तालमा निःशुल्क उपचार गरिने र नीजि अस्पतालमा ५० हजार रुपैयाँसम्मको उपचार खर्च व्यहोर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिलला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए।

विपतमा परेकालाई १ लाखसम्मको आर्थिक सहयोग गर्ने कार्यविधि भएको भए पनि मन्त्रिपरिषद्को बैठकबाट थप एक लाख दिने निर्णय गरिएको उनले जानकारी दिए। साथै उद्धार, राहत, पुनर्स्थापना र बेपत्ताको खोजीको निम्ति सबै पक्षसँग अपिल गर्ने निर्णय गरिएको छ। बाढीपहिरोका कारण प्रदेश एकमा १९ जनाको मृत्यु भइसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*