व्यवसायीहरु नमिलेसम्म पर्यटन क्षेत्रको भ्रष्टाचार नरोकिने नेता न्यौपानेको भनाइ   •   टान निर्वाचनको पूर्वसन्ध्यामा पूर्वअध्यक्षहरुको भेला !   •   कम्पनी रजिस्ट्रार कार्यालयले पनि सम्पत्ति शुद्धीकरण निर्देशिका जारी गर्ने   •   रवि लामिछाने पत्नी निकिताको उजुरी दर्ता गर्न प्रहरीले मानेन   •   प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता   •   २ बुदे घोषणापत्र जारी गर्दै सकियो माक्र्सवाद तथा एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन

नेकपाले टुंग्यायो जिल्ला र महानगरपालिकाको इन्चार्ज र सहइन्चार्ज तथा

सोलु इन्चार्जमा बस्नेत र सह-इन्चार्जमा राई

47902

nekpa-990x512काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला र महानगरपालिका इन्चार्ज र सह-इन्चार्जको टुगों लगाएको छ ।

आज बसेको सचिवालयको बैठकले ७७ वटा जिल्लाको इन्चार्ज र सहइन्चार्ज तथा छ वटा महानगरपालिकाको इन्चार्ज र सहइन्चार्ज टुगों लगाएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

नेकपाको ७७ जिल्लाको एकता भएसँगै सोलुखुम्बुको जिल्ला इन्चार्जको जिम्मेवारी शिवबहादुर बस्नेत (राजेन्द्र) ले र सह-इन्चार्जको जिम्मेवारी हेमकुमार राई (सुरविर)ले  पाउनुभएको छ ।

केन्द्रीय समितिको कार्यविभाजन र अन्य बाँकी रहेका एकता प्रकृयाको विषयमा मंगलवार बस्ने सचिवालयको बैठकले टुगों लगाउने उहाँले उहाँले बताउनुभयो । ७७ जिल्ला र ६ महानगरपालिका गरी जम्मा ८३  मा ४५ तत्कालीन एमाले र ३८ तत्कालीन माओवादी केन्द्रले पाएको छ

नेताहरूको  कार्यविभाजनको बारेमा बैठकमा छलफल भएको बताउँदै उहाँले केही कुरामा सहमति नबनेको बताउनुभयो । वामदेव गौतमलाई संगठन विभागको प्रमुख दिने निर्णय भएको हो भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, केही कसैलाई दिएको छैन, ‘वामदेवजीलाई लागेको होला कि सचिवालयले संगठन विभाग प्रमुख बनाई देला तर निर्णय केही भएको छैन ।’

७७ वटा जिल्लाको इन्चार्ज, सहइन्चार्ज र महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जको विवरण अइतबार बेलुका मात्र उपलब्ध गराउने उहाँले बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*