व्यवसायीहरु नमिलेसम्म पर्यटन क्षेत्रको भ्रष्टाचार नरोकिने नेता न्यौपानेको भनाइ   •   टान निर्वाचनको पूर्वसन्ध्यामा पूर्वअध्यक्षहरुको भेला !   •   कम्पनी रजिस्ट्रार कार्यालयले पनि सम्पत्ति शुद्धीकरण निर्देशिका जारी गर्ने   •   रवि लामिछाने पत्नी निकिताको उजुरी दर्ता गर्न प्रहरीले मानेन   •   प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता   •   २ बुदे घोषणापत्र जारी गर्दै सकियो माक्र्सवाद तथा एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन

सरकारपछि हट्यो: प्यान नभएपनि तलब बाँड्न पाईने, ट्रकमा लाग्ने नियमपनि हट्यो

47965

20190724_173705काठमाडौ । सरकारले साउन १ देखि लागु गरेको तलबमा अनिवार्य प्यान र ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस) को नियमलाई तीन महिना पर सारेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल घरेलु उद्योग महासंघको टोलीसँग यो व्यवस्था कार्यान्वयन गर्नको सरकारले तीन महिनाको समय थप गरेको जानकारी दिएका छन् ।

अर्थमन्त्रीसँगको भेटपछि महासंघले जारी गरेको विज्ञप्तीमा तीन महिनासम्म अहिलेको व्यवस्था लागु गर्दा कुनै कारवाही नहुँने अर्थमन्त्रीले प्रतिबद्धता जनाएको उल्लेख छ । अर्थमन्त्री डा युवराज खतिवडाले प्यान, बैंक खातामार्फत तलब भुक्तानी, भिसिटिएस लगायतका अहिलेका नियमहरु केही समयका लागि लागु गर्न के कस्तो तयारी गर्नुपर्छ कार्यदलमार्फत सम्बोधन गरिने बताएका छन् ।

 

नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीसँग अर्थमन्त्रालयमा आयोजित अन्तरक्रियामा बोल्दै उनले अहिलेका प्रावधानहरु एकै पटक आएकाले समस्या जस्तो देखिएको भन्दै अर्थमन्त्री खतिवडाले यी प्रावधानहरु लागू गर्न मन्त्रालयले परीक्षण तथा प्रवद्र्धनको समय राखेको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*