हिमपातका कारण खुम्बु क्षेत्रमा दर्जनबढी पर्यटक अलपत्र   •   प्रदेश नम्बर १ लाई नेपालको लागिमात्रै नभएर संसारकै नमुना पर्यटकीय केन्द्र बनाउने घोषणा   •   धनुषामा शक्तिशाली बम विस्फोट, २ काे मृत्यु, इन्स्पेक्टरसहित ४ गम्भीर घाइते   •   संसदीय समितिको निर्देशन : लिम्पियाधुरा समावेश गरी नक्सा सार्वजनिक गर्नू   •   हिमपात र वर्षासँगै चिसो बढ्यो,काठमाडौं उपत्यकामा रातभरी जसो सिमसिम पानी   •   प्रदेश नम्बर एक पर्यटन प्रवद्र्धन समितिद्धारा नौ विश्वविख्यात आरोही तथा सेलीबेटीलाई सद्भावना दूतमा नियुक्त

मौद्रिक नीति सार्वजनिक: कृषि, उर्जा र पर्यटनको कर्जा अवधि २०७८ असारसम्म

47968

20190724_175250काठमाडौं। गभर्नर डा.चिरञ्जिबी नेपालले आर्थिक वर्ष २०७६/०७७को मौद्रिक नीति सार्वजनिक गरेका छन्। गभर्नर नेपालको अन्तिम मौद्रिक नीतिमा विग मर्जरका लागि बम्पर सुविधा दिएका छन्।

आफ्नो कार्यकालमा पूँजी वृद्धि कार्यान्वयन गरिसकेका गभर्नर नेपालले बिग मर्जरलाई प्राथमिकतामा राखेर सुविधा दिएका हुन्। मर्जरमा जाने वित्तीय संस्थाका लागि कृषि, उर्जा पर्यटन क्षेत्रमा तोकिएको कर्जा पुर्याउनु पर्ने अवधि ०७८ असार मसान्त कायम गरिने भएको छ। कर्जा र निक्षेपको व्याजदर अन्तर ४.४ प्रतिशत कायम गरिने अवधिलाई पनि राष्ट्र बैंकले ०७८ असार मसान्तसम्म छुट दिएको छ।

मर्जरमा जाने बैंक तथा वित्तिय संस्थाका लागि कुलिङ पिरियडमा छुट दिइएको छ।अहिले बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत र डेपुटी प्रमुख कार्यकारी अधिकृतका लागि एउटा वित्तिय संस्थाबाट अर्कोमा जाँदा ६ महिनाको कुलिङ पिरियड राख्नुपर्ने प्रावधान छ।

वाणिज्य बैंक एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रकृयामा संलग्न भएर ०७७ असार मसान्तभित्र एकीकृत कारोबार संचालन गरेमा पाउने सुविधा यस्ता छन्

 १.कृषि,उर्जा र पर्यटन क्षेत्रमा तोकिएको कर्जा पुर्याउनुपर्ने अवधि २०७८ असार मसान्तसम्म कायम गरिने

 २. कर्जा र निक्षेपत्रीचको ब्याजदर अन्तर ४.४ प्रतिशत कायम गर्नुपर्ने अवधि २०७८ असार मसान्त कायम गरिने

 ३. शाखा विस्तार गर्न यस बैंकको स्वीकृति लिनुनपर्ने

 ४.संचालक समिति सदस्य,प्रमुख कार्यकारी अधिकृत तथा नायब प्रमुख कार्यकारी अधिकृत पदबाट हटेको  कम्तिमा ६ महिना व्यतित नभई यस बैंकबाट इजाजतपत्र प्राप्त अन्य संस्थामा संचालक वा अन्य कुनैपनि हैसियतमा काम गर्न नपाउने विद्यमान प्रावधान लागु नहुने

 ५.चुक्ता पूँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गरिसक्नुपर्ने अवधि २०७८ असार मसान्त कायम गरिने छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*