व्यवसायीहरु नमिलेसम्म पर्यटन क्षेत्रको भ्रष्टाचार नरोकिने नेता न्यौपानेको भनाइ   •   टान निर्वाचनको पूर्वसन्ध्यामा पूर्वअध्यक्षहरुको भेला !   •   कम्पनी रजिस्ट्रार कार्यालयले पनि सम्पत्ति शुद्धीकरण निर्देशिका जारी गर्ने   •   रवि लामिछाने पत्नी निकिताको उजुरी दर्ता गर्न प्रहरीले मानेन   •   प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता   •   २ बुदे घोषणापत्र जारी गर्दै सकियो माक्र्सवाद तथा एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन

कार्गो व्यवसायीहरुको माग सरकारले सम्बोधन गर्नुपर्छः उपराष्ट्रपति पुन

२५औं कार्गो दिवस मनाइयो, तीन महिनाभित्र नेफा आफ्नै भवनमा सर्दै

48024
  • शिखरपोष्ट रिपोर्टर

IMG_0086काठमाडौं, १३ साउन । उपराष्ट्रपति नन्दबहादुर पुनले कार्गो व्यवसायलाई उद्योगको मान्यता दिएर अघि बढ्नुपर्ने बताउनुभएको छ । आयातनिर्यात व्यवसाय रहेको कार्गो सेवालाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने आवश्यकता औल्याउँदै उहाँले नेपाली कार्गो व्यवसायीहरुले उठाएका मागहरु सरकारको तर्फबाट सम्बोध गरिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्राइड फरवार्ड्स एसोसिएसन (नेफा)द्धारा सोमबार होटल सोल्टी क्राउन प्लाजामा आयोजित २५औं कार्गो दिवस उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले सो कुरा बताउनुभएको हो ।

उपराष्ट्रपति पुनले नेपालको व्यवपार असन्तुलन रहेको भन्दै नेपालमा उत्पादित वस्तुहरुको प्रवर्द्धन गर्नुपर्ने तथा त्यसका लागि कार्गो व्यवसायीहरु अझ व्यवस्थित र प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिनुभयो ।

उपराष्ट्रपति पुनले आर्थिक समृद्धिका लागि निर्यात व्यापार वृद्धि हुनुपर्ने औंल्याउनुभयो । निरन्तरको आयात वृद्धिले व्यापार घाटा चुलिएको भन्दै उहाले चिन्ता व्यक्त गर्नुभयो ।

‘आर्थिक समृद्धि हासिल गर्न हाम्रो निर्यात व्यापार राम्रो हुनुपर्दछ’ उहाले भन्नुभयो, ‘तर, हाम्रो निर्यात व्यापार सन्तोषजनक छैन । छोटो समयमा समृद्धि हासिल गर्ने लक्ष्य लिएका बेला व्यापार घाटा चुलिँदै जानु ज्यादै दुःखद् कुरा हो ।’

उहाँले आगामी वैशाखसम्म नेपालले रेलबाट नै वस्तु आयात/निर्यात गर्ने वातावरण सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो ।
सरकारले आर्थिक वर्ष २०७६र७७ मा ल्याएको नयाँ नीतिका कारण नयाँ व्यवस्थाले कार्गो व्यवसायीहरुको अवस्था उत्साहजनक छैन् ।

एसोसिएशनका अध्यक्ष प्रकाशसिंह कार्कीले संसारमा कार्गो व्यवसायीले कतै भ्याट तिर्ने व्यवस्था नभएको दाबी गर्दै वर्तमान सरकारको नीतिले कार्गो व्यवसायीलाई विस्थापित गर्ने बताउँनुभयो । उहाँले सेवा दिने संस्थाले ट्याक्स र भ्याटमा जान नसकिने बताउँदै सरकारले यसबारे अभिलम्ब सरोकारवालाहरुसँग छलफल गरेर पुनर्विचार गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मञ्जिभसिंह पुरी, उद्योग मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी रानालगायतले मुलुकको आर्थिक समबृद्धिका लागि आयतलाई प्रतिस्थापन गर्दै निर्यातलाई बढावा दिनुपर्ने भन्दै त्यसका लागि कार्गो व्यवसायीहरुको महत्वपूर्ण हुने भएकाले उनीहरुलाई राज्यस्तरबाट प्रोत्साहित गरिनुपर्नेमा जोड दिए ।

IMG_0097१ सय ३० वटा कार्गो कम्पनीहरु आबद्ध रहेको नेफाले हरेक वर्षको २९ जुलाईका दिनमा कार्गो दिवस मनाउँदै आइरहेको छ ।

सोही अवसरमा उपराष्ट्रपति पुनले कालोपुलमा निर्माणाधिन एसोसिएशनको भवनको उद्घाटन पनि गर्नुभयो । तीन महिनाभित्र एसोसिएशनको सचिवालय आफ्नै भवनमा सर्ने उद्घोषसमेत गरियो ।

यसैबीच, विभिन्न तवरबाट मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याउने कम्पनीहरुलाई सम्मानित गरियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*