व्यवसायीहरु नमिलेसम्म पर्यटन क्षेत्रको भ्रष्टाचार नरोकिने नेता न्यौपानेको भनाइ   •   टान निर्वाचनको पूर्वसन्ध्यामा पूर्वअध्यक्षहरुको भेला !   •   कम्पनी रजिस्ट्रार कार्यालयले पनि सम्पत्ति शुद्धीकरण निर्देशिका जारी गर्ने   •   रवि लामिछाने पत्नी निकिताको उजुरी दर्ता गर्न प्रहरीले मानेन   •   प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता   •   २ बुदे घोषणापत्र जारी गर्दै सकियो माक्र्सवाद तथा एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन

सहकारी संस्थाले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

48085

1932662595_2101296687_SahakariBanner2काठमाडौं । सरकारले सहकारी संस्थाले लिने ब्याजदरको सीमा तोकिदिएको छ । सहकारी संस्थाले जथाभावी ब्याज असुली गरिरहेको भन्ने गुनासो आइरहेको बेला भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको सहकारी विभागले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरी सहकारी संस्थाका लागि ब्याजदरको सीमा तोकिदिएको हो ।

बैंक तथा वित्तीय संस्थाको ब्याजदरलाई मुख्य आधार बनाएर सन्दर्भ व्याजदर निर्धारण समितिको सिफारिस अनुसार सहकारी संस्थाको पनि कर्जाको व्याजदर १६ प्रतिशत भन्दा बढी लिन नपाउने निर्णय गरिएको विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले जानकारी दिनुभयो । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पाण्डेले साउन १९ गते आइतबारबाट लागु हुने निर्णयमा बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशत भन्दा घटी रहने व्यवस्था गरिएको प्रष्ट पार्नुभयो । सरकारले सहकारी संस्थाको व्याजदर निर्धारणका लागि रजिष्ट्रार पाण्डेको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेको थियो ।

सहकारी विभागले सहकारी क्षेत्रको सुशासनका लागि आवश्यक कार्यविधि र निर्देशिका बनाउने कार्यलाई अघि बढाइएको जनाएको छ । विभागका रजिष्ट्रार पाण्डेले सहकारी क्षेत्रको सुशासनका लागि कार्यविधि र निर्देशिका आवश्यक रहेको प्रष्ट पार्नुभयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*