व्यवसायीहरु नमिलेसम्म पर्यटन क्षेत्रको भ्रष्टाचार नरोकिने नेता न्यौपानेको भनाइ   •   टान निर्वाचनको पूर्वसन्ध्यामा पूर्वअध्यक्षहरुको भेला !   •   कम्पनी रजिस्ट्रार कार्यालयले पनि सम्पत्ति शुद्धीकरण निर्देशिका जारी गर्ने   •   रवि लामिछाने पत्नी निकिताको उजुरी दर्ता गर्न प्रहरीले मानेन   •   प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता   •   २ बुदे घोषणापत्र जारी गर्दै सकियो माक्र्सवाद तथा एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन

दुधकोशी आयोजनाबारे सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङका सांसदहरुले ऊर्जामन्त्री पुनसँग गरे छलफल

48119

20190805_220001काठमाडौं । दुधकोशी जलाशययुक्त आयोजनाबारे सोलुखुम्बु, ओखलढुंगा र खोटाङ जिल्लाका संघीय संसदका सदस्यहरु हेमकुमार राई, यज्ञराज सुनुवार र विशाल भट्टराईले ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग छलफल गरेका छन् ।

नेपाल सरकार ऊर्जा मन्त्रालय मातहत नेपाल विद्युत प्राधिकरणले बनाईरहेको ६ सय ३५ मेगावाट क्षमताको दुधकोशी आयोजनाको कार्यप्रगति सांसदहरुले मन्त्री पुनसँग जिज्ञासा राखेका थिए।

जवाफमा मन्त्री पुनले राष्ट्रिय गौरवको रुपमा रहेको दुधकोशी जलाशययुक्त आयोजनाको काम सही दिशामा अघि बढिरहेको बताए । मन्त्री पुनले निर्धारित समय भित्र काम सक्नेगरि अहिले विस्तृत अध्ययन गर्ने काम भईरहेको जानकारी गराए ।

सहज रुपमा काम सम्पन्न गर्नका लागि तीनै जिल्लाका सांसज, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुको सकारात्मक सहयोगी भूमिका आवस्यक पर्ने बताए ।

सोलुखुम्बुका सांसद हेमकुमार राईले आफुहरुले मन्त्री पुनसमक्ष संघ, प्रदेश र स्थानीय तहको समन्वयमा यो परियोजना छिटो सम्पन्न गरेर जनतालाई लाभ दिलाउनुपर्ने कुरा राखेको बताए।

भेटमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा सम्बन्धित गाउँपालिकाका अध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।

राष्ट्रिय गौरवको रुपमा रहेको दुधकोशी जलाशययुक्त आयोजनाको एडिवीको सफ्ट लोनमा विस्तृत अध्ययन गरिरहेको छ । उसले अध्ययन पश्चात आयोजना निर्माणमा समेत लगानी गर्ने चासो देखाएको छ । 20190805_215944सोलुखुम्बर तथा ओखलढुंगाको सीमा क्षेत्रमा पर्ने आयोजनाको ड्याम २ सय २० मिटर अग्लो बन्नेछ भने पावर हाउस खोटाङ जिल्लामा बन्नेछ ।

आयोजना निर्माण गर्दा ११ सय ५० घरधुरी प्रभावित हुने तथा १ सय ६२ घर विस्थापित हुने अध्ययनले देखाएको छ ।

आयोजनाको अनुमानित लागत १ अर्ब ५२ करोड अमेरिकी डलर रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*