हिमपातका कारण खुम्बु क्षेत्रमा दर्जनबढी पर्यटक अलपत्र   •   प्रदेश नम्बर १ लाई नेपालको लागिमात्रै नभएर संसारकै नमुना पर्यटकीय केन्द्र बनाउने घोषणा   •   धनुषामा शक्तिशाली बम विस्फोट, २ काे मृत्यु, इन्स्पेक्टरसहित ४ गम्भीर घाइते   •   संसदीय समितिको निर्देशन : लिम्पियाधुरा समावेश गरी नक्सा सार्वजनिक गर्नू   •   हिमपात र वर्षासँगै चिसो बढ्यो,काठमाडौं उपत्यकामा रातभरी जसो सिमसिम पानी   •   प्रदेश नम्बर एक पर्यटन प्रवद्र्धन समितिद्धारा नौ विश्वविख्यात आरोही तथा सेलीबेटीलाई सद्भावना दूतमा नियुक्त

राष्ट्र बैंकको निर्देशनले समग्र अर्थतन्त्रलाई नकारात्मक असर पार्ने बैंकर्स संघको निष्कर्श

48163

636862691488753193काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनले समग्र अर्थतन्त्रलाई नकारात्मक असर गरी दीर्घकालीन रुपमा प्रभाव पार्ने नेपाल बैंकर्स संघले निष्कर्ष निकालेको छ। संघको बुधबार सम्पन्न पूर्ण समितिको बैठकले यस्तो निष्कर्श निकालेको हो ।

सो निर्देशनले वित्तीय क्षेत्रको स्थायित्वमा नै प्रश्चचिन्ह खडा गरेको भन्दै उसले परिपत्र मार्फत गरिएको प्रावधानहरुलाई यथासक्य चाँडो सम्बोधन गर्न अनुरोध गर्ने निर्णय गरेको हो।

संघको बैठकले ब्याजदर अन्तर गणना विधि (स्प्रेडदर) मा गरिएको आकस्मिक र असान्दर्भिक परिवर्तनले बैंकहरुको मुनाफा, आयकर, कर्जा प्रवाह गर्नसक्ने क्षमता, र समग्र बैंकहरुको शेयरमूल्यमा समेत असर पर्ने जनाएको छ।

परिवर्तित व्यवस्थाले वाणिज्य बैंकहरुको मुनाफामा २५ प्रतिशत अर्थात ३० अर्ब रुपैयाँ बढीको संकुचन आउने र सो को प्रभाव शेयर बजारमा ७५ प्रतिशत हिस्सा रहेको बैंकहरुको शेयरमूल्यमा गिरावट आई समग्रै पूँजीबजारमा नै नकारात्मक असर पर्ने ठहर संघको छ।

यसैगरि काउन्टर साईक्लिकल बफर कार्यान्वयवले बैंकहरुले हाल कायम गर्नुपनेृ ११ प्रतिशतको पूँजीकोष थप २ प्रतिशतले वृद्धि गरेर १३ प्रतिशत पुर्याउनुपर्ने भएकाले १५० अर्ब कर्जा प्रवाह गर्नसक्ने क्षमतामा ह्रास आउने संघले जनाएको छ । जसले आर्थिक वृद्धि र मौद्रिक नीतिले लिएको २१ प्रतिशतको कर्जा वृद्धि लक्ष्य सम्भव नहुने उसले जनाएको छ।

बुधबारको बैठकले बैंकांस्योरेन्स अन्तर्राष्ट्रिय मान्यता अनुसार पनि बैंकहरुले प्रदान गर्ने सेवामध्ये एक अभिन्न अंग भएको तथा २० प्रतिशत भन्दा कम बीमाको पहुँच रहेको नेपालजस्तो मुलुकको लागि पहुँच अभिवृद्धि लागि समेत बैंकहरुलाई बैंकांस्योरेन्स सेवामा बन्देज लगाउनु उचित नभएको ठहर गरेको छ।

नेपाल राष्ट्र बैंकले सोमबार एकीकृत निर्देशन मार्फत काउन्टर साईक्लिकल बफर,बैंकलाई बैंकांस्योरेन्समा बन्देज र स्प्रेड रेट गणना विधि लगायत यसअघि जारी गरेको विभिन्न निर्देशनहरुमा परिवर्तन गरेको थियो। बैंकर्स संघको पूर्ण समितिको बैठकले परिवर्तित व्यवस्थाका तीन शिर्षकमा सार्वजनिक रुपमा नै गम्भिर असहमति जनाएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*