व्यवसायीहरु नमिलेसम्म पर्यटन क्षेत्रको भ्रष्टाचार नरोकिने नेता न्यौपानेको भनाइ   •   टान निर्वाचनको पूर्वसन्ध्यामा पूर्वअध्यक्षहरुको भेला !   •   कम्पनी रजिस्ट्रार कार्यालयले पनि सम्पत्ति शुद्धीकरण निर्देशिका जारी गर्ने   •   रवि लामिछाने पत्नी निकिताको उजुरी दर्ता गर्न प्रहरीले मानेन   •   प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता   •   २ बुदे घोषणापत्र जारी गर्दै सकियो माक्र्सवाद तथा एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन

हनुमान ढोकादेखि स्वयम्भूसम्म पैदलमार्ग निर्माण गरिँदै, ५ करोड बिनियोजन

48226

swoyembhu_nath_temple_by_deepak_kc_8_qr1KbJVAUvकाठमाडौं । काठमाडौं महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भू मन्दिरसम्म पर्यटकका लागि पैदलमार्ग निर्माण गर्ने भएको छ। नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखेर चालू आर्थिक वर्षभित्रै पैदलमार्ग निर्माण गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।

पैदलमार्ग निर्माण गुरुयोजना र डिजाइनका लागि आर्थिक वर्ष २०७६/०७७ को विकास निर्माणअन्तर्गत पाँच करोड रुपैयाँ विनियोजित गरिएको बताइएको छ।

विश्वसम्पदा सूचीमा सूचीकृत हनुमान ढोका दरबार क्षेत्रदेखि स्वयम्भूनाथ मन्दिरसम्म २.२ किलोमिटर दूरीमा पर्ने हनुमान ढोका, मरुहिटी, दमाई टोल, नरदेवी, बराङ्खेल, घोराङ्खेल, विष्णुमति र डल्लु हुँदै स्वयम्भूसम्म पैदलमार्ग निर्माण गरिनेछ।

पर्यटन प्रवर्द्र्धनलाई सहयोग पुर्याउनका लागि दुई सम्पदालाई पर्यटकलाई नजिकबाट चिनाउन मद्दत पुग्ने महानगरपालिकाले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*