समाजसेवी लोकप्रसाद दाहालको पहलमा निर्मित बद्री विशाल माविको पक्की भवन हस्तान्तरण   •   काँग्रेस सोलुखुम्बुको प्रदेश समितिमा पनि समानान्तर संरचना   •   सन्नी लियोनी आज नेपाल आउदै   •   'भद्रगोल’बाट बाहिरिएका ‘जिग्री’ र ‘पाँडे’काे टिमले ‘सक्किगोनि’ लिएर आउँदै   •   २०७६ भदौं २६ गते बिहीबारको तपाईको राशिफल   •   कुसुम स्मृति प्रतिष्ठानको "नेपालको सन्दर्भमा समाजवाद" कार्यक्रम भोली

सोलुखुम्बुको ८ स्थानीय तहमा १२ करोड बढीको बेरुजु

48324
received_850419915310576सोलुखुम्बु : सोलुखुम्बुको ८ स्थानिय तहमा १२ करोड बढीको बेरुजु देखिएको छ । जिल्लाका सबै स्थानीय तहमा गरि १२ करोड ३५ लाख १६ हजार बेरुजु देखिएको हो ।
महालेखापरीक्षक कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५/०७६ मा सोलुखुम्बुका स्थानीय तहले यति ठूलो रकम फर्छयौट गर्न नसकेका हुन् ।
जिल्लामा सबै भन्दा बढी खुम्बुपासाङल्हामु गाउँपालिकाको बेरुजु देखिएको छ । उक्त गाउँपालिकाको ५ करोड ४७ लाख ८१ हजार बेरुजु रहेको छ । जिल्लामा सबै भन्दा कम बेरुजु रहेको स्थानिय तह सोताङ गाउँपालिका रहेको छ । जसको ३८ लाख २७ हजार छ  ।
थुलुङदुधकोशी गाउँपालिकाको ५० लाख ८८ हजार, लिखुपिके गाउँपालिकाको ९७ लाख ५४ हजार बेरुजु देखिएको हो ।
यता नेचासल्यान गाउँपालिकाको १ करोड ४३ लाख, ३९ हजार, माप्यदुधकोशी गाउँपालिकाको १ करोड ४१ लाख ४५ हजार बेरुजु रहेको महालेखापरिक्षकको कार्यालयले जनाएको छ ।
जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्डको बेरुजु रकम भने ९७ लाख १७ हजार रहेको छ । जिल्लाको कर्णालीको रुपमा रहेको महाकुलुङ गाउँपालिकाको १ करोड १८ लाख ६५ हजार बेरुजु देखिएको छ । source – Solu FM


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*