समाजसेवी लोकप्रसाद दाहालको पहलमा निर्मित बद्री विशाल माविको पक्की भवन हस्तान्तरण   •   काँग्रेस सोलुखुम्बुको प्रदेश समितिमा पनि समानान्तर संरचना   •   सन्नी लियोनी आज नेपाल आउदै   •   'भद्रगोल’बाट बाहिरिएका ‘जिग्री’ र ‘पाँडे’काे टिमले ‘सक्किगोनि’ लिएर आउँदै   •   २०७६ भदौं २६ गते बिहीबारको तपाईको राशिफल   •   कुसुम स्मृति प्रतिष्ठानको "नेपालको सन्दर्भमा समाजवाद" कार्यक्रम भोली

२ बुदे घोषणापत्र जारी गर्दै सकियो माक्र्सवाद तथा एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन

48331
  • शिखरपोष्ट रिपोर्टर

IMG_0012काठमाडौं । दुई बुदे घोषणापत्र जारी गर्दै दुई दिने माक्र्सवाद तथा एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सोमबार र मंगलबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

घोषणापत्रमा माक्र्सवाद र एसियाली दर्शनको सुदृढिकरणका लागि निरन्तर अन्तक्र्रिया तथा खुल्ला बहस गर्ने र हरेक वर्ष कम्तिमा एउटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने उल्लेख छ ।

सोमबार नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले उद्घाटन गरेको उक्त कार्यक्रम मंगलबार क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य (किरण)ले समापन गरेका हुन् ।

नेपाल संस्कृति विश्वविद्यालय, माक्र्सीय गुरुकुल र नेपाल खुल्ला विश्वविद्यालयको आयोजना तथा सहिद कुसुम स्मृति प्रतिष्ठानलगायतको सहआयोजनामा सम्पन्न उक्त कार्यक्रममा छिमेकी मुलुक चिन, भारतलगायतका मुलुकहरुको पनि प्रतिनिधित्व रहेको थियो ।

कार्यक्रमको सहआयोज संस्था सहिद कुसुम स्मृति प्रतिष्ठानका अध्यक्ष लोकेन्द्र राउतकाअनुसार कार्यक्रममा विभिन्न शिर्षकमा प्रो. असोक मोदक, प्रो.लि छिउ टिङ, डा. ऋषिराम अधिकारी, प्रो.डा. कृष्णचन्द्र शर्मा, डा. शारदा पौडेल, मौसम शाक्य, उसा आचार्य, वाङ नान, डा. विजय पौडेल, डा. गोविन्द शरण उपाध्याय, डा. दिलनाथ दंगाल, लि सुजुन, प्रो.सडानन्द दिक्षित, रघुनाथ अधिकारी, प्रो.बेद गिरी, नवराज खतिवडा, डा. सरोज धिताल, वाङ रोङ जिङ, राजनप्रसाद पोखरेल, समिर सिंह, डा. गोपीरमण उपाध्याय, रामराज रेग्मी, विजयप्रसाद जैसवाल, डा. देवी नेपाल, स्नेह सायमी, वेदराज ज्ञवाली, सुदर्शन प्रधानलगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।

68680995_598346130697341_4865429907431227392_nकार्यक्रममा ३ सय भन्दा बढिको सहभागिता रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*