समाजसेवी लोकप्रसाद दाहालको पहलमा निर्मित बद्री विशाल माविको पक्की भवन हस्तान्तरण   •   काँग्रेस सोलुखुम्बुको प्रदेश समितिमा पनि समानान्तर संरचना   •   सन्नी लियोनी आज नेपाल आउदै   •   'भद्रगोल’बाट बाहिरिएका ‘जिग्री’ र ‘पाँडे’काे टिमले ‘सक्किगोनि’ लिएर आउँदै   •   २०७६ भदौं २६ गते बिहीबारको तपाईको राशिफल   •   कुसुम स्मृति प्रतिष्ठानको "नेपालको सन्दर्भमा समाजवाद" कार्यक्रम भोली

कम्पनी रजिस्ट्रार कार्यालयले पनि सम्पत्ति शुद्धीकरण निर्देशिका जारी गर्ने

48342

compeny-ragistarकाठमाडौं । कम्पनी रजिस्ट्रारको कार्यालयले समेत अब सम्पत्ति शुद्धीकरण निर्देशिका जारी गर्ने भएको छ । यसका लागि अहिले कम्पनी रजिस्टार कार्यालयले केही कानुन व्यवसायी र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थासँग नियमावली निर्माणको लागि परामर्श शुरु गरेको छ  ।

प्रधानमन्त्री कार्यालयले भदौ १५ गतेसम्म उक्त नियमावली पेस गर्न निर्देशन दिएपछि कम्पनी रजिस्टारको कार्यालयलाई नियमावली लेखनको चटारो परेको हो । स्रोतका अनुसार असोज  १ गतेदेखि सम्पत्ति शुद्धीकरण निर्देशिका कडाइका साथ लागू गर्ने तयारीमा प्रधानमन्त्री कार्यालय जुटेको छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयले तयार परेको मस्यौदामा १० लाखभन्दा माथि चुक्ता पुँजी राखेर कम्पनी दर्ता गर्न आउने सबैले अनिवार्यरुपमा स्रोत खुलाउनुपर्ने प्रावधान राखिएको छ । यदी त्यस्तो कम्पनी खोल्ने तयारीमा लागेका कुनै पनि व्यक्तिले आफुले लगानी गर्न लागेको पुँजीको स्रोत खोल्न नसकेमा निजलाई एक लाखदेखि एक करोडसम्म जरिवाना गर्न सकिने प्रावधान पनि मस्यौदामा राखिएको छ ।

नयाँ नियमावलीको मस्यौदा तयारमा सक्रिय एक कर्मचारीका अनुसार अहिलेसम्म चलाखीपूर्ण तरिकाले कालो धनलाई शुद्द पार्न साझेदार कम्पनी खोल्ने र हुँदै नभएको नाफा देखाउने गरेकाले यस्तो प्रावधान राख्न लागिएको हो । उनले त्यस्ता व्यक्तिहरुको झुक्याउने शैलीबारे स्पष्ट पारे । आर्थिक न्युज


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*