समाजसेवी लोकप्रसाद दाहालको पहलमा निर्मित बद्री विशाल माविको पक्की भवन हस्तान्तरण   •   काँग्रेस सोलुखुम्बुको प्रदेश समितिमा पनि समानान्तर संरचना   •   सन्नी लियोनी आज नेपाल आउदै   •   'भद्रगोल’बाट बाहिरिएका ‘जिग्री’ र ‘पाँडे’काे टिमले ‘सक्किगोनि’ लिएर आउँदै   •   २०७६ भदौं २६ गते बिहीबारको तपाईको राशिफल   •   कुसुम स्मृति प्रतिष्ठानको "नेपालको सन्दर्भमा समाजवाद" कार्यक्रम भोली

टान निर्वाचनको पूर्वसन्ध्यामा पूर्वअध्यक्षहरुको भेला !

48345
  • शिखरपोष्ट रिपोर्टर

68738606_2440122122770405_6025980682705043456_nकाठमाडौं, ४ भदौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)ले आफ्नो ४१औं वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा पूर्वअध्यक्षहरुसँग बृहत छलफल गरेको छ । टान कार्यसमितिले बुधबार पूर्वअध्यक्षहरुबबी नयाँ नेतृत्वका लागि हुन लागेको निर्वाचन, पदयात्रा व्यवसाय तथा समग्र पर्यटन क्षेत्रको समस्याबारे छलफल गरेको हो ।

यही भदौं २० गते होटल सोल्टीमा टानको ४१औं वार्षिक साधारण सभासँगै नया नेतृत्वका लागि चुनाव हुँदैछ । चुनावको मिति नजिकिएसँगै विभिन्न तवरबाट नयाँ नेतृत्वका लागि बहस सुरु भइरहेको बेला आयोजना गरिएको यो भेलालाई निक्कै अर्थपूर्ण रुपमा लिइएको छ ।

उक्त छलफलमा पूर्व अध्यक्षहरु जेबी सिंह, याङकिला शेर्पा, सुमन पाण्डे, दिपक महत, नरेन्द्र बिसी, ज्योती अधिकारी, रमेश धमला, चन्द्र रिजाललगायतको उपस्थिति रहेको थियो ।

टानको नयाँ नेतृत्व सर्वसम्मत रुपमा ल्याउने तथा संस्थाका भावी योजनाहरु प्रभावकारी बनाउने उद्देश्यका साथ पूर्वअध्यक्षहरुसँग् छलफल गरिएको अध्यक्ष नवराज दाहालले शिखरपोष्टलाई बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*