समाजसेवी लोकप्रसाद दाहालको पहलमा निर्मित बद्री विशाल माविको पक्की भवन हस्तान्तरण   •   काँग्रेस सोलुखुम्बुको प्रदेश समितिमा पनि समानान्तर संरचना   •   सन्नी लियोनी आज नेपाल आउदै   •   'भद्रगोल’बाट बाहिरिएका ‘जिग्री’ र ‘पाँडे’काे टिमले ‘सक्किगोनि’ लिएर आउँदै   •   २०७६ भदौं २६ गते बिहीबारको तपाईको राशिफल   •   कुसुम स्मृति प्रतिष्ठानको "नेपालको सन्दर्भमा समाजवाद" कार्यक्रम भोली

व्यवसायीहरु नमिलेसम्म पर्यटन क्षेत्रको भ्रष्टाचार नरोकिने नेता न्यौपानेको भनाइ

टानको आसन्न निर्वाचनमा एक ढिक्का भएर लाग्न निर्देशन

48349
  • शिखरपोष्ट रिपोर्टर

69290017_2341443799455603_7531811644205170688_n-1काठमाडौं, ६ भदौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका ईञ्चार्ज मुकुन्द न्यौपानेले व्यवसायीहरु एक ढिक्का नभए पर्यटन क्षेत्रको भ्रष्टाचार र अनियमितता नरोकिने बताउनुभएको छ । नेकपानिकट पर्यटन व्यवसायिक संगठनहरुले शुक्रबार संयुक्त रुपमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले पर्यटन विकासका दीर्घकालिन ठोस योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले मुलुकलाई सम्बृद्ध बनाउनका लागि समाजबाद उन्मुख राष्ट्रिय पुजीवादको विकास, दलाल पुजीपतिलाई नियन्त्रण तथा कालो धनलाई राष्ट्रियकरणलगायत वर्तमान सरकारका लक्षित कार्ययोजनाहरुलाई आत्मसाथ गर्न पर्यटन व्यवसायीहरुलाई निर्देशनसमेत दिनुभयो । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)ले आफ्नो ४१औं वार्षिक साधारण सभासँगै सम्पन्न हुन लागेको निर्वाचनमा यो वा त्यो नभनी एक ढिक्का भएर लाग्नुको विकल्प नरहेको भनाइ उहाँको थियो ।

69133025_516059609199559_5679016130564325376_nनेकपाअन्तर्गत उद्योग तथा व्यवसायी विशेष जिल्ला कमिटीका अध्यक्ष कमल सापकोटाकोसमेत उपस्थिति रहेको उक्त कार्यक्रममा टानका पूर्व अध्यक्ष ज्योति अधिकारी, सिताराम सापकोटा, चन्द्र रिजाल र वर्तमान अध्यक्ष नवराज दाहालले टानको आसन्न निर्वाचनमा नीति र नेतृत्वका लागि नेकपा निकट व्यवसायीहरु एक ढिक्का भएर लाग्ने बताउँदै त्यसका लागि सिमित स्वार्थ त्यागेर सामुहिक र समग्र व्यवसायीहरुको हितलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औल्याए ।

भेलाबाट टान निर्वाचनका लागि नौ सदस्यीय कार्यदल अनुमोदन गरिएको घोषणा गरियो । कार्यदलमा नवराज दाहाल, भागिरथ सापकोटा, राजेन्द्र सापकोटा, कमल सापकोटा, सिताराम सापकोटा, पूर्ण कुँवर, सिएन पाण्डे, सागर पाण्डे, ठाकुराज पाण्डे र मदन आचार्य रहनुभएको छ । कार्यदलमा आवश्यकताअनुसार थपघट गरिने उद्घोष पनि कार्यक्रमबीच गरियो ।

सोही अवसरमा टानको आसन्न निर्वाचनका लागि आकांक्षीहरुले आफ्नो दावेदारी प्रस्तुत गरेका थिए । 68942854_427244017906933_5108387256654102528_n


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*