एनआरएनद्वारा १२ बुँदे काठमाडौं घोषणापत्र जारी, के छ घोषणापत्रमा ? (पूर्णपाठसहित)   •   कूल आचार्यले एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तलाई बधाई दिँदै भने: 'यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ'   •   उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, यसरी हुँदैछ उपनिर्वाचन   •   दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारणलाइनका लागि मोदी र कुलमान एकमत   •   स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्चद्वारा रोक्का   •   नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)

सगरमाथाको जिल्लामा जन्मिएकी प्रतिभाले जितिन मिस टिन २०१९को उपाधी

48379
  • शिखरपोष्ट रिपोर्टर

pratibhaकाठमाडौं, ८ भदौं । सगरमाथाको जिल्ला सोलुखुम्बुकी प्रतिभा राईले मिस टिन २०१९ को उपाधि जितेकी छिन् । शनिबार काठमाडौंमा सम्पन्न प्रतियोगितामा अन्य ६ जना प्रतिष्पर्धीलाई पछि पार्दै प्रतिभाले उपाधि चुमेकी हुन् ।

प्रतियोगिताको फाइनल चरणमा प्रतिभा मोष्ट भ्यूज र मिस ट्यालेण्ट समेत बन्न सफल भइन् । फाइनल चरणका लागि सात जना प्रतिस्पर्धी छनौट भएका थिए । उक्त कार्यक्रम रिवन इन्टरनेशनलले आयोजना गरेको हो ।

सोलुखुम्बुवाटै एसईई उत्तीर्ण गरेर अहिले काठमाडौं, कोटेश्वरको ग्रामर कलेजमा विज्ञान संकायमा १२ कक्षामा अध्ययनरत प्रतिभाका बुबा राम संघर्ष किराती राजनीतिमा र आमा दुर्गालक्ष्मी राई शिक्षा तथा समाजसेवामा सक्रीय रहेकाछन् ।

रिबन इन्टरटेनमेन्टद्धारा आयोजित उक्त प्रतियोगितामा सोलुखुम्बुलाई प्रतिनिधित्व गर्दै सहभागिता जनाएकी राईले आफ्नो रुचि मात्र नभई गाउँठाउँको पहिचान जोगाउन लाग्ने प्रतिक्रिया दिनुभएको छ ।68947156_2440467156044298_1769890623214583808_n 69457059_2440466719377675_4268512895911854080_n


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*