एनआरएनद्वारा १२ बुँदे काठमाडौं घोषणापत्र जारी, के छ घोषणापत्रमा ? (पूर्णपाठसहित)   •   कूल आचार्यले एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तलाई बधाई दिँदै भने: 'यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ'   •   उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, यसरी हुँदैछ उपनिर्वाचन   •   दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारणलाइनका लागि मोदी र कुलमान एकमत   •   स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्चद्वारा रोक्का   •   नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)

लिखु–४ को प्रवर्द्धकले २२० केभी प्रसारण लाइन निर्माण गर्ने

48400

काठमाडौं- लिखु–४ जलविद्युत आयोजनाको प्रवर्द्धक ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले २२० केभी प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले आयोजनाबाट उत्पादन हुने ५२.४ मेगावाट क्षमताको विद्युत जोडिने प्रसारण लाइन निर्माण गर्न लागेको हो ।

प्रसारण लाइनको निर्माण प्रक्रिया अघि बढाउन कम्पनीले विद्युत विकास विभागमा अनुमितपत्रका लागि आवेदन दिएको छ । विभागले विद्युत ऐन २०४९ को दफा ४ को व्यवस्था अनुसार विद्युत नियमावली २०५० को नियम १३ बमोजिम कम्पनीलाई अनुमतिपत्र दिनेछ । विभागले कम्पनीलाई प्रसारण लाइन निर्माणको अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरेको छ ।

विभागले सूचना जारी गरेर प्रसारण लाइन निर्माण गर्दा कुनै प्रकारको असर गर्ने अवस्था भएमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ । अनुमति प्राप्त भएपछि कम्पनीले आयोजनाको स्वीचयार्डदेखि रामेछापकाे न्यू-खिम्ती सबस्टेसनसम्मको करिब १९.१५ किलोमिटर प्रसारण लाइन निर्माण गर्नेछ ।

५६ वटा टावर रहने प्रसारण लाइन निर्माण गर्न ५३.४९५ हेक्टर जमिन आवश्यक पर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रस्तावित प्रसारण लाइन निर्माण सुरु गरेको ११ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कम्पनीले अहिले ओखलढुङ्गामा ५२.४ मेगावाटको लिखु-४ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*