एनआरएनद्वारा १२ बुँदे काठमाडौं घोषणापत्र जारी, के छ घोषणापत्रमा ? (पूर्णपाठसहित)   •   कूल आचार्यले एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तलाई बधाई दिँदै भने: 'यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ'   •   उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, यसरी हुँदैछ उपनिर्वाचन   •   दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारणलाइनका लागि मोदी र कुलमान एकमत   •   स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्चद्वारा रोक्का   •   नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)

पर्खी खालिङले पाए डब्लुकेएफअन्तर्गत अन्तर्राष्ट्रिय कराते निर्णायकको लाइसेन्स

48452
  • शिखरपोष्ट रिपोर्टर

parkhiहाल अमेरिकामा रहनुभएका पर्खी खालिङ राईले वल्र्ड कराते फेडेरेशन (डब्लुकेएफ)अन्तर्गत अन्तर्राष्ट्रिय कराते निर्णायकको लाइसेन्स प्राप्त गर्नुभएको छ । कराते (काता र कुमिते विधा)को यो लाइसेन्स प्राप्त गर्ने उहाँ दोस्रो नेपाली हुनुहुन्छ ।

विगत ४ वर्षदेखि अमेरिकन राष्ट्रिय निर्णायकको रुपमा जिम्मेवारी सम्हाल्दै आउनुभएका खालिङले भरखरै मात्रै सो लाइसेन्स प्राप्त गर्नुभएको हो ।

यो लाइसेन्स प्राप्त गरेसँगै उहाँले २६ अगष्टदेखि १ सेप्टेम्बर २०१९ सम्म सञ्चालित पान अमेरिकन कराते च्याम्पियनसिप क्याडेट जुनियर (अण्डर २१)को निर्णायकको भूमिका निर्वाह गर्दै हुनुहुन्छ । इक्वेडरको गोयाकलमा आयोजित उक्त च्याम्पियनसिपमा नर्थ अमेरिका, साउथ अमेरिका र क्यारिवियनलगायत मुलुकको सहभागिता रहेको छ ।

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २, राप्छामा जन्मिनुभएका उहाँले छोटो समयमै खेलकुदमा आफ्नो बर्चश्व जमाउन सफल हुनुभएको हो । उहाँले हालसम्म दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक, पुरस्कार तथा सम्मान प्राप्त गरिसक्नुभएको छ । उहाँको यो सफलता सिंगो मुलुककै लागि पनि एउटा गर्व गर्नुपर्ने विषय हो ।

शिखरपोष्टका सल्लाहकारसमेत रहनुभएका पर्खी खालिङले हासिल गर्नुभएको एकपछि अर्को सफलताका लागि हार्दिक बधाई तथा थप सफलताका लागि शुभकामना !


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*