एनआरएनद्वारा १२ बुँदे काठमाडौं घोषणापत्र जारी, के छ घोषणापत्रमा ? (पूर्णपाठसहित)   •   कूल आचार्यले एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तलाई बधाई दिँदै भने: 'यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ'   •   उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, यसरी हुँदैछ उपनिर्वाचन   •   दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारणलाइनका लागि मोदी र कुलमान एकमत   •   स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्चद्वारा रोक्का   •   नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)

सोलु करिडोरबारे छलफल, स्थानीय अवरोध हटाउन पहल गर्ने मुख्यमन्त्री राईको प्रतिबद्धता

48461
FB_IMG_1567259802592१४ भदौ, काठमाडौं । निर्माणाधीन १३२ केेहीको सोलु करिडोरबारे छलफल भएको छ  । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले शनिबार धनकुटाको भेडेटारमा यसबारे छलफल गरेका हुन्  ।

छलफलमा सोलुखुम्बुका सांसद हेमकुमार राई, ओखलढुङ्गाका सांसद यज्ञराज सुनुवार, प्रदेश अर्थमन्त्री इन्द्र आङ्बो, नेकपा प्रदेश नम्बर एकका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी तथा प्राधिकरण, आयोजना, सम्बन्धित आयोजनाका प्रवर्द्धकलगायतको उपस्थिति रहेको थियो  ।
सो अवसरमा प्रसारण लाइन निर्माण प्रगति, निर्माणमा रहेका समस्याका विषयमा छलफल गरिएको सोलुखुम्बुका संघीय सांसद हेमकुमार राईले जानकारी दिए ।
प्राधिकरणले प्रसारण लाइन निर्माणमा ढिलाइ गरिदिंदा आफ्ना आयोजनाबाट उत्पादित विद्युत खेर जाने अवस्था आउन लागेको भन्दै त्यस क्षेत्रका प्रवर्द्धकले प्रदेश नं १ सरकारलाई जानकारी गराएका छन् ।
आयोजना निर्माणको भौतिक प्रगति ७५ प्रतिशत पूरा
सोलु करिडोर डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणको भौतिक प्रगति ७५ प्रतिशत पूरा भएको छ ।
सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको तिंलासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर छ । प्रसारण लाइनमा पर्ने कुल ३०३ टावरमध्ये २०७को जग हालिएको छ भने ४३ खडा गरिएको छ ।

सिराहामा पर्ने २६वटै टावरको जग हालिएको छ भने १६ वटा खडा गरिएको छ । उदयपुरमा पर्ने १४१ टावरमध्ये ११७को जग हाली २७ वटा खडा गरिएको छ ।

ओखलढुंगामा पर्ने ११२मध्ये ६३ टावरको जग हालिएको छ । यसैगरी, सोलुखुम्बूमा पर्ने २४ टावरमध्ये एउटाको जग हालिएको छ । आयोजनाअन्तर्गत तिंलादेखि सोलुखुम्बूकै बेलीडाँडासम्म ४.५ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सकिएको छ ।
तिंलामा १३२/३३ र ३३/११ केभी सबस्टेसनको निर्माण सम्पन्न भई चार्ज भइसकेको छ । योसँगै सिराहाको लाइनबाट तिंलासम्म ३३ केभी लाइन पुगेको छ । सोलुखुम्बू र आसपासका क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युतलाई सोलुखुम्बू, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी रहेको राष्ट्रिय ग्रीडमा जोड्न सोलु करिडोर प्रसारण लाइनको निर्माण गर्न लागिएको हो ।
विद्युत खेर जान दिनु हुदैन: मुख्यमन्त्री राई
सो अवसरमा मुख्यमन्त्री शेरधन राईले प्रसारण लाइनको पूर्वाधार अभावमा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाको विद्युत खेर जान दिन नहुने बताए । लाइन निर्माणमा स्थानीयको अवरोध हटाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।
FB_IMG_1567259794315आयोजना निर्माण सक्नुअघि नै लाइन बन्ने: कुलमान प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन नबनाइदिएका कारण विद्युत खेर गएको अहिलेसम्म कुनै रेकर्ड नभएको उल्लेख गर्दै त्यस क्षेत्रका आयोजना निर्माण सम्पन्न हुनुभन्दा पहिले नै लाइन बन्ने बताए ।
‘आयोजनाको काम २०७६ को माघ (३१ फेबु्रअरी २०२०) भित्रमा सक्ने लक्ष्य राखिएको छ, यसमा एक/दुई महिना ढिला होला तर त्यहाँका आयोजनाहरु पनि निर्धारित समयमा सकिंदैनन्’,उनले भने । ‘उहाँहरुको विद्युत खेर जान्छ भन्ने चासो र चिन्तालाई गम्भीरतापूर्वक लिएर काम गरिरहेका छौं, उत्पादित विद्युत खेर जाने अवस्था आउन दिने छैनौं ।’
उदयपुरमा रहेको स्थानीयको अवरोध हटाउन पहल गरिदिन प्रदेश सरकारलाई उनले आग्रह गरे ।
उदयपुरको कटारीस्थित मरुवा हरित सामुदायिक वन क्षेत्रका स्थानीयको अवरोधका कारणले एक वर्षभन्दा बढीदेखि त्यहाँ निर्माण रोकिएको छ । त्यस क्षेत्रमा १२ टावर निर्माण गर्नु पर्ने छ ।
३२५ मेगावाटको विद्युत पीपीए
यही प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत आयोजनासँग ३२५ मेगावाटको विद्युत खरिद-बिक्री सम्झौता (पीपीए) गरेको छ ।
त्यसमध्ये सरकारले प्रतिश्पर्धामार्फत प्रवर्द्धक छनौट गरेका ८२ मेगावाटको तल्लो सोलु र २३.५ मेगावाटको सोलु खोला आयोजनाको निर्माण सम्पन्न भई प्रसारण लाइन अभावमा विद्युत जोड्न नसकेमा प्राधिकरणले ४५ प्रतिशत हर्जाना (पेनाल्टी) तिर्नु पर्ने व्यवस्था विद्युत खरिद सम्झौता (पीपीए)मा छ ।
सबै आयोजनाको विद्युत तिंला सबस्टेसनमा जोडिने छ । पीपीएअनुसार तल्लो सोलु र सोलुको विद्युत उत्पादन गर्नुपर्ने मिति (आरसीओडी) क्रमश: ३० मंसिर २०७६ र १ साउन २०७५छ ।
यसैगरी, ८६ मेगावाटको सोलुखोला (दुधकोसी)को आरसिओडी २०७७ असोज छ । सोलु करिडोर निर्माणमा केही ढिलाई हुने देखेपछि २३ मेगावाटको सोलुखोलाको विद्युत जोड्नका लागि अस्थायी वैकल्पिक व्यवस्थाका रुपमा ३३ केभी प्रसारण लाइनमार्फत जोड्न यसअघि नै प्राधिकरण र प्रवर्द्धकबीच सहमति भइसकेको छ ।
आयोजनाले दशैं अगाडि वा दशैं र तिहारकोबीचमा विद्युत जोड्ने बताएको छ । आयोजनाबाट हिउँदमा उत्पादित सबै विद्युत ३३ केभीमार्फत प्रवाह गर्न सकिन्छ । अगामी वर्खासम्ममा सोलु करिडोरको निर्माण सम्पन्न हुने भएकाले आयोजनाको विद्युत खेर नजाने प्राधिकरणले विश्वास दिलाएको छ ।
FB_IMG_1567259788791

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*