एनआरएनद्वारा १२ बुँदे काठमाडौं घोषणापत्र जारी, के छ घोषणापत्रमा ? (पूर्णपाठसहित)   •   कूल आचार्यले एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तलाई बधाई दिँदै भने: 'यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ'   •   उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, यसरी हुँदैछ उपनिर्वाचन   •   दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारणलाइनका लागि मोदी र कुलमान एकमत   •   स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्चद्वारा रोक्का   •   नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)

टान महासचिव पदका उम्मेदवार कर्मा शेर्पा को हुन् ?

48568

IMG_0445-720x1080टान निर्वाचन २०१९ मा खुम बहादुर सुबेदी प्यानलबाट महासचिव पदका उम्मेदवार कर्मा शेर्पा सगरमाथाको जिल्ला सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर १, टाक्सिन्दुमा जन्मिनुभएको हो । मध्यम परिवारमा जन्मिएर कष्टपूर्ण संघर्षबाट आफुलाई सफल व्यवसायीको रुपमा उभ्याइसक्नुभएका शेर्पा बहुआयामिक ब्यक्तित्वका धनी हुन्हुन्छ ।

ब्यवस्थापन शंकायमा स्नातक उत्तिर्ण शेर्पाले नेपालको पदमार्ग पर्यटनको प्रचार प्रसारका लागि फ्रान्स, स्विटजरल्याण्ड, थाईल्याण्ड, अमेरिका, क्यानडा र जर्मनी लगायत दर्जनौ देशको भ्रमण गरिसक्नु भएको छ । पदयात्रा ब्यवशायमा अन्तरष्ट्रिय अभ्यासलाई समेत लागु गर्ने क्रममा रहनु भएका शेर्पा नोम्याड नेपाल ट्रेक्स एण्ड एक्सिपिडिसनका प्रबन्ध निर्देशक हुनुुहुन्छ ।

शेर्पा समुदाय र पर्यटन ब्यवसायमा मात्र शेर्पाको लोकप्रियता सिमित छैन । समाजसेवा, शिक्षा, सञ्चार, स्वास्थ्य र ग्रामिण विकासमा शेर्पाको भूमिका अतुलनीय छ । पूर्वी नेपालकै लोकप्रिय रेडियो हिमाल एफ.एम., नेपालकै पहिलो पर्यटकीय रेडियो खुम्बु एफ.एम.को संस्थापक एवं महासचिव भएर कुशलता पूवर्क नेतृत्व गरिरहनु भएको छ भने हिमाली जिल्ला सोलुखुम्बुको प्रतिष्ठित निजि स्कुल ह्वाईट हिल्स सेकेण्डरी स्कुलको अध्यक्ष समेत रहनु भएको छ ।

उहाँले नेतृत्व प्रदान गरेका यी व्यवसाय निकै सफल रहेका छन् । गरिब र दुखीहरुको सेवाका लागि गैह्रसरकारी संस्था द स्मल वल्र्ड सञ्चालन गरेर ग्रामिण मानवीय विकासमा वहाँले उल्लेखनीय योगदान दिईरहनु भएको छ । विभिन्न स्थानमा छात्राबासहरु स्थापना गर्नुका अतिरिक्त बार्षिक सैयौँको संख्यामा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्राबृत्ति उपलब्ध गराएर उज्यालो जीवन प्रदान गरिरहनु भएको छ ।

ईमान्दारीता र समर्पणको पर्याय कर्मा शेर्पाको जीवन पूर्ण रुपमा पर्यटन र समाजसेवामा नै समर्पित छ । ब्यक्तिगत स्वार्थमा कहिल्यै पनि नअल्झिने शेर्पाका लोककल्याणकारी कर्मले उहाँ सबैको मनमस्तिष्कमा बस्न सफल हुनु भएको छ । स्पष्ट दृष्टिकोण, सरल जीवन शैली, सबैसँग घुलमिल हुन सक्ने, सबैको भावना बुझ्ने र प्रष्ट बक्ता भएका शेर्पाको जीत सुनिश्चित रहेको आम पदयात्रा पर्यटन ब्यवसायीको बुझाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*