राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ७ मा गर्ने आयोगको प्रस्ताव   •   राष्ट्रपतिसमक्ष उपनिर्वाचन प्रतिवेदन प्रस्तुत   •   सागमा गौरिकाको नयाँ कीर्तिमान, तीन स्वर्ण जित्ने पहिलो खेलाडी   •   हवाई टिकटको मूल्य नेपाली र विदेशीलाई समान बनाउनुपर्ने कार्यदलको सुझाव   •   बैदेशिक रोजगारीको क्रममा थला परेका प्रभात वाम्बुलेलाई अनिस प्रतिष्ठानद्धारा १ लाख १००० आर्थिक सहयोग   •   'भ्वाइस अफ नेपाल सिजन-२' को उपाधि राम लिम्बुलाई

टान संस्थापक अध्यक्ष अम्बिका श्रेष्ठ भन्छिन्: भ्रमण वर्ष २०२० सफल पार्ने दायित्व हामी सबैको हो

48584
  • शिखरपोष्ट डेक्स

पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को ४१औं वार्षिक साधारण सभा समारोहमा संस्थापक अध्यक्ष श्रेष्ठले दिनुभएको मन्तव्यः

IMG_0033म आफुलाई भाग्यमानी ठानेकी छु । पर्यटन व्यवसायीहरुको आवाज बुलन्द पार्नका लागि टानको स्थापना गरेको । जुनबेला टानको सुरु भएको थियो, त्यत्तिबेला पदायत्रा व्यवयासीहरुभन्दा पनि माउन्टेनिरिङ व्यवसायी तथा पेशाकर्मीहरुलाई संगठित गरिएको थियो ।

४१औं वर्षको अन्तरालमा टान यत्ति धेरै विकास भएछ, यसको अर्थ पदयात्रा व्यवसायीहरुको विकास हुनु हो भन्ने लाग्छ । यसमा म अत्यान्त खुशी छु । टानमा अहिलेसम्म विभिन्न हिसाबले योगदान दिने सबैलाई धन्यवाद र यसअघिको कार्यसमितिका राम्रा कामलाई निरन्तरता दिदै समयसापेक्षित योजना बनाएर अघि बढ्नुपर्दछ ।

अहिले सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेको छ । यो अभियान सफल पार्ने दायित्व तपाई हाम्रो सबैको काँधमा छ । मलाई लाग्छ २०२० सुरुवात मात्रै हो, यसै वर्ष सबै कुरा पूरा हुन्छ भन्ने अपेक्षा गर्नु राम्रो हुन्न । यसको राम्रो प्रतिफल प्राप्त गर्नका लागि एक भएर लाग्नुपर्दछ, जसबाट त्यसपछिका वर्षहरुमा सकारात्मक प्रभाव छोड्न सकोस् ।

निजी क्षेत्रको योगदान विना पर्यटन प्रवद्र्धन र विकास असम्भव छ । त्यसैले पर्यटन व्यवसायीहरुले आआफ्नो ठाउँबाट सकारात्मक भूमिका खेल्न जरुरी छ ।

सडक सञ्जालका कारण पदयात्राहरु धरासायी बन्दै गइरहेको छ । यसलाई ध्यानमा राखेर नयाँ नयाँ रुटहरुको पहिचान र विकास गर्नुपर्दछ । पर्यटक आएपछि घुम्न जाने पर्यटकहरुबाट आउने प्रतिफलमा पदयात्रा क्षेत्रका स्थानीयबासीको पनि अपनत्व हुनुपर्दछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*