एनआरएनद्वारा १२ बुँदे काठमाडौं घोषणापत्र जारी, के छ घोषणापत्रमा ? (पूर्णपाठसहित)   •   कूल आचार्यले एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तलाई बधाई दिँदै भने: 'यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ'   •   उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, यसरी हुँदैछ उपनिर्वाचन   •   दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारणलाइनका लागि मोदी र कुलमान एकमत   •   स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्चद्वारा रोक्का   •   नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)

प्रत्येक महिना पर्यटन गोलमेच सम्मेलन, टानले निकट भविष्यमै टिम्सको रकम पाउँदैः पर्यटनमन्त्री भट्टराई

48587
  • शिखरपोष्ट रिपोर्टर

_MG_0105काठमाडौं, २० भदौं २०७६ । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रको समस्या समाधानका लागि प्रत्येक महिना गोलमेच सम्मेलन गर्ने घोषणा गर्नुभएको छ । शुक्रबार होटल सोल्टी क्राउन प्लाजामा आयोजित पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को ४१औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले पर्यटन क्षेत्रको दीर्घकालिन समाधानका लागि नयाँ पर्यटन नीतिको अभिलम्ब कार्यान्वयनमा लागिपरेको बताउनुभयो ।

मन्त्री भट्टराईले टानले पाउनुपर्ने टिम्सवापतको अब छिट्ट निकाशा गर्ने घोषणासमेत गर्नुभयो । ‘टिम्सको रकम सरकारको मात्रै होइन तपाईहरुकै हो’उहाँले भन्नुभयो ‘विगतको कमजोरीका कारण अहिलेसम्म समस्या आयो । अब त्यसलाई समाधान गरिन्छ । पहिले एमओयूअनुसार कार्यान्वयन गरिन्छ । अर्थमन्त्रीसँग कुराकानी भइरहेको छ । त्यसैले अब निकट भविष्यमै टिम्सको फ्रिज भएको रकम निकाशा गछौं ।’

नेपालको जिडीपीमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्याउने लक्ष्य पूरा गर्नका लागि सरकार लागिरहेको भनाइ उहाँको थियो ।
टेकिङ व्यवसायीहरुको समस्या बारेमा नेपाल सरकार गम्भिर रहेको भन्दै उहाँले अबदेखि पदयात्रा व्यवसायीहरु हेपिएको महसुस गर्ने वातावरण नबन्ने पनि बताउनुभयो ।

पर्यटकीय पूर्वाधार विकाससँगै पर्यटन प्रवद्र्धनलाई प्रभावकारी बनाउन आफुहरु लागिरहेको पनि उहाँले बताउनुभयो । ‘हामीसँग संस्कृति, प्रकृति र सभ्यता छ । पूर्वाधार कम्जोर छन् त्यसलाई ख्याल गरेर सरकारले काम गरिरहेको छ ।’ उहाँले भन्नुभयो ।

पर्यटन तथा पर्वतारोहणको समस्या समाधानका लागि कार्यदलले तयार पारेको प्रतिवेदनलाई अक्षरस कार्यान्वयन गर्ने, नो टे«किङ विदाउट गाइडको विषय, काम नगर्ने लियाजो अफिसरलाई प्रतिबन्द लगाउनेलगायतका काम गरिरहेको बताउनुभयो ।

उहाँले नेपालमै दक्ष जनशक्ति उत्पादनका लागि पर्यटन तथा पर्वतारोहण विश्वविद्यालय स्थापना गर्ने तयारी भइरहेको र त्यसका लागि विद्येयक तयार भइरहेको पनि बताउनुभयो ।
मन्त्री भट्टराईले सगरमाथा र गौतमबुद्ध जन्मेको देश भनेर विश्वर चिनिएको नेपाललाई अब आन्तरिक समस्या समाधान गर्ने हैसियत भएको र राजनीतिक स्थायित्व भएको देश भनेर नयाँ ढंगबाट चिनिदै गएको दाबीसमेत गर्नुभयो ।


Subscribe to Comments RSS Feed in this post

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*