एनआरएनद्वारा १२ बुँदे काठमाडौं घोषणापत्र जारी, के छ घोषणापत्रमा ? (पूर्णपाठसहित)   •   कूल आचार्यले एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तलाई बधाई दिँदै भने: 'यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ'   •   उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, यसरी हुँदैछ उपनिर्वाचन   •   दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारणलाइनका लागि मोदी र कुलमान एकमत   •   स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्चद्वारा रोक्का   •   नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)

टानको अध्यक्षमा खुमबहादुर सुवेदी विजयी, समग्र मत परिणाम मिश्रित !

को हुन् सुवेदी

48625
  • प्रकाश खालिङ/टाईसन राई 

(होटल सोल्टी क्राउन प्लाजाबाट प्रत्यक्ष प्रशारण):

FB_IMG_1567805931582ट्रेकिङएजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा प्रजातान्त्रिक समुहका खुमबहादुर सुवेदी विजयी भएका छन् । शुक्रबार होटल सोल्टी क्राउन प्लाजामा टानको ४१औं वार्षिक साधारण सभासँगै सम्पन्न निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी अञ्जन थापा (कुमार)लाई ८३ मतले पराजित गर्दै विजयी भएका हुन् ।

सुवेदीले ५२१ मत ल्याएर विजयी भएका हुन् भने पराजित थापाले ४३८ मतमा चित्त बुझाउनुपर्यो । महासचिवमा भने थापा समुहकी सरिता लामा १३ मतान्तरले अर्का प्रत्यासी कर्मा शेर्पालाई पराजित गर्दै विजयी भइन् ।

समग्रमा नयाँ कार्यसमितिको अन्य पदभने मिश्रित आएको छ ।

नयाँ कार्यसमितिको सुवेदी समुहका बरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्धितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा थापा समुहका दामोदर ढकाल निर्वाचित भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा सुवेदी समुहकी ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
महिला सदस्यमा थापा समुहकी ङिमादिकी शेर्पा निर्वाचित भएकी छिन् ।

सदस्यमा थापा समुहको पाँच जना ठाकुर सापकोट, प्रेम बहादुर लामा मिङमातेन्जिङ शेर्पा, रामबहादुर गुरुङ र सुवेदी समुहका सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् ।

20190907_041109प्रमुख निर्वाचन अधिकृत रमेश कुमार मैनालीका अनुसार १ हजार ३१९ मतदाता रहेकोमा जम्मा ९ सय ८१ मत खसेको थियो ।

को हुन अध्यक्ष खुम बहादुर सुवेदी ?
२०४९ सालमा ट्रेकिङ गाइड हुँदै पर्ववतीय पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका सुवेदी युनिक एडभेन्चर इन्टरनेसनल प्रा.लि., ट्रिपल ए होलिडेज् र ट्रिपल ए टान्सपोर्ट्का प्रबन्ध निर्देशक हुनुहुन्छ ।

टानको बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष भएर काम गरिसक्नुभएका उहाँ पर्यटन व्यवसायीमात्रै होइन नियात्राकारसमेत हुनहुन्छ । ‘पदयात्राका पाइलाहरु’ र ‘बेल्जियमका क्षणहरु’ सुवेदीका दुई नियात्रा कृति हुन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरुबाट सम्मानित भइसक्नुभएका उहाँ धादिङ, ज्वालामुखीमा जन्मिनुभएको हो ।

सुवेदीले नेपाली पर्यटन प्रवद्र्धनार्थ ४० भन्दा बढी देशहरुको भ्रमण गरिसक्नुभएको छ । उहाँ सामाजिक सेवामा कृयाशिल ह्यान्ड इन ह्यान्ड नेपालका अध्यक्षसमेत हुनहुन्छ ।

20190907_03055920190907_03180220190907_031910


Subscribe to Comments RSS Feed in this post

2 Responses

  1. We want worked together to promote tourism indutries in Nepal.

  2. Congratulation to all taan elected new members and hope they will work strongly in better copperatio and in mutual relation with all the General taan members for up coming 2 years.

    Tika B.Tamang
    Trek Climb Ski (p)Ltd

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*