एनआरएनद्वारा १२ बुँदे काठमाडौं घोषणापत्र जारी, के छ घोषणापत्रमा ? (पूर्णपाठसहित)   •   कूल आचार्यले एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तलाई बधाई दिँदै भने: 'यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ'   •   उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, यसरी हुँदैछ उपनिर्वाचन   •   दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारणलाइनका लागि मोदी र कुलमान एकमत   •   स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्चद्वारा रोक्का   •   नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)

दूधकोशी जलविद्युतको ‘ईआइए’ प्रतिवेदन सार्वजानिक

48645
  • रामधन राई

925316309खोटाङ: राज्यको प्राथमिकतामा रहेको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन सार्वजानिक गरिएको छ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने ६ सय ३५ मेगावाट क्षमताको जलविद्युत आयोजनाको ईआईए प्रतिवेदन खोटाङमा सार्वजानिक गरिएको हो ।

खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुगाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेको सिमास्थित रभुँवाघाटमा निर्माण हुने आयोजनाको शनिवार वातावरणीय प्रभाव मूल्याङ्कनको सारांश सार्वजानिक गरिएको हो ।

प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, पूर्व सभाषद् दुर्गाजयन्ती राई, आयोजना प्रमुख वसन्तध्वज श्रेष्ठ लगायत सरोकारवालाहरुको उपस्थितीमा आयोजनाको वातावरणीय तथा सामाजिक प्रभाव सहितको प्रतिवेदन प्रस्तुत भएको छ । नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको सार्वजानिक सुनुवाई कार्यक्रममा सरोकारवालाको सुझाव संकलन गरिएको छ ।

आयोजना सञ्चालनका लागि निर्माण गरिने बाँधले तीन जिल्ला खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बूका ११ सय ५० घरधुरी भएका स्थानीयवासी विस्थापित हुने प्रतिवेदनमा उल्लेख छ । रभुँवाघाटमा निर्माण गरिएको बाँधदेखि सोलुखुम्बुतर्फ दूधकोशी किनारमा दश, खोटाङतर्फको रावाखोलामा आठ र ओखलढुङ्गाको ठोट्नेखोला किनारमा चार किलोमिटर क्षेत्रफल डुबान हुने जनाइएको छ ।

१ सय ६० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३ दशमलव ५ किलोमिटर लामो सुरुङमार्फत धितुङमा पानी खसाउने लक्ष्य राखिएको छ । आयोजनाका लागि एसियाली विकास बैङ्क एडिबिले ५० अर्व लगानी गर्ने सहमति भएको जनाईएको छ ।

दूधकोशी जलाशययुक्त आयोजना सफल पार्न रमेश पौडेलको संयोजकत्वमा तीन जिल्लाका प्रतिनिधि सम्मिलित सरोकार समाज समेत गठन गरिएको छ । यसअघि, हलेसी तुवाचुङ नगरपालिकाको धितुङ र रावावेंसी गाउँपालिकाको रम्भुवावजारमा सार्वजानिक सुनुवाई भईसकेको छ ।

आयोजना सम्पन्न गर्न स्थानीयले सहयोग गर्ने प्रतिबद्दता जनाएका छन् । उचित मुआव्जाको व्यवस्था, यथासक्य आयोजनाको कामलाई तिव्रता दिनुपर्ने स्थानीय तथा सरोकारवालको सुझाव छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*