बंगलादेशी राष्ट्रपति हमिदले गरे फेवातालमा जलविहार   •   कालापानीबारे चीनले भन्यो- नेपाल र भारतले परामर्श र सम्झौताबाट विवाद टुंग्याउन्   •   माप्य दुधकोशी गाउँपालिकाका यूवा नेता दिपक थापा नेकपा प्रवेश   •   मन्त्रीपरिषद् पुर्नगठनको तयारी, नयाँ मन्त्री को को ?   •   नेपालको नक्सा गलत भएकाले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर   •   नेकपा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ को सपथ ग्रहण सम्पन्न

‘भद्रगोल’बाट बाहिरिएका ‘जिग्री’ र ‘पाँडे’काे टिमले ‘सक्किगोनि’ लिएर आउँदै

48691
20190912_070052काठमाडाैं, २६ भदाै : चर्चित हास्यश्रृखला ‘भद्रगोल’बाट बाहिरिएका कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ लगायतको टीमले नयाँ टेलिश्रृखलाका ‘सक्किगोनि’ ल्याउने भएको छ ।

मिडियाहबले निर्माण गर्दै आएको ‘भद्रगोल’बाट परिश्रमिक नपाएको भन्दै छुट्टिएका यो टीमले ल्याउन लागेको श्रृङ्खला ‘सक्किगोनि’ आँउदो असोज २ गते बिहीबारबाट प्रसारणमा आउँदैछ ।

जेपिटी क्रियसन मार्फत निर्माण हुने टेलिश्रृङ्खलाको लेखन तथा निर्देशन जिग्री र पाँडेकै रहनेछ । भद्रगोलमा पनि लेखन तथा निर्देशन जिग्री र पाँडेले नै गर्दै आएका थिए ।

भद्रगोलमा प्रस्तुत गर्दै आएको थिम र पात्रहरुको कथामै श्रृङ्खला निर्माण हुने अर्जुन घिमिरेले बताए । श्रृङ्खलाको अवको यात्रामा शंकर आचार्य ‘बरिष्ठे र सिपी पुडासैनी ‘धतुरे’ पनि देखिने भएका छन् ।

यता जिग्री र पाँडेको टिमबिनाको टेलिश्रृंखला भद्रगोललाई दर्शकहरुले रुचाएका छैनन् । गत शुक्रबारको एपिसोडमा पहिलाको भन्दा फकर कलाकार भएपछि दर्शहरुले लाइक भन्दा डिसलाईक दोब्बद भन्दा बढी गरेका छन् ।

उक्त श्रृखंला नयाँ कथावस्तु ,नयाँ शैली र नयाँ कलाकारहरुको साथमा प्रसारण भएको थियो । पुराना कलाकार पाँडे र जिग्रीको टिमका २१ जना कलाकारहरु छोडेका हुन् । जसले गर्दा शुक्रबार प्रसारित नयाँ एपिसोडले दर्शकलाई खुसी बनाउन सकेन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*