एनआरएनद्वारा १२ बुँदे काठमाडौं घोषणापत्र जारी, के छ घोषणापत्रमा ? (पूर्णपाठसहित)   •   कूल आचार्यले एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तलाई बधाई दिँदै भने: 'यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ'   •   उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, यसरी हुँदैछ उपनिर्वाचन   •   दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारणलाइनका लागि मोदी र कुलमान एकमत   •   स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्चद्वारा रोक्का   •   नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)

काँग्रेस सोलुखुम्बुको प्रदेश समितिमा पनि समानान्तर संरचना

48698

70973590_402437087131588_3252328817703780352_nसोलुखुम्बु आन्तरिक विवादका कारण दुईवटा जिल्ला समिति रहेको नेपाली काँग्रेस सोलुखुम्बुको प्रदेश समितिमा पनि समानान्तर समिति गठन गरिएको छ ।

पार्टी केन्द्रिय सदस्य बलबहादुर केसी निकट रहेको जिल्ला समितिले प्रदेश समिति विस्तार गरेको एक साता बित्न नपाउँदै अर्को पक्षले समानान्तर समिति बनाएको हो ।

पार्टी संस्थापन पक्षका नेताहरुको उपस्थितिमा प्रदेश ‘क’ मा पार्टी नेता सुर्य कुलुङ र प्रदेश ‘ख’ मा युवा नेता कर्मा शेर्पाको सभापतित्वमा प्रदेश समिति बनाईएको हो ।

केन्द्रको परिपत्र अनुसारनै पुर्व सभाषद, पार्टीका पुर्व सभापतिहरु, उम्मेदवार र कार्यकर्ताको भेलाबाट समिति गठन गरिएको जनाईएको छ । पुर्व सभाषद पुरुषोत्तम बस्नेत र गोकर्ण राई, पुर्व पार्टी सभापतिहरु आङगेलु शेर्पा र छत्रध्वज बस्नेत एवं समानुपातिक उम्मेदवार डोल्मा तामाङ र कार्यबाहक पार्टी सभापति कृष्णप्रसाद निरौलाको उपस्थितिमा उक्त समिति गठन गरिएको हो ।

आङगेलु शेर्पा समुहको यो समितिलाई पार्टी सभापति शेरबहादुर देउवा गुटको साथ रहेको छ । यता रामचन्द्र पौडेल पक्षिय पार्टी सभापति विनोद बस्नेत नेतृत्वको समितिले प्रदेश ‘क’ मा धनजन राई र प्रदेश ‘ख’ मा प्रेमबहादुर थापा मगरको सभापतित्वमा समिति निर्माण गरेको थियो ।

यता नव गठित प्रदेश ‘ख’ समितिका सभापति कर्मा शेर्पाले आफु नेतृत्वको समितिले संगठन रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिए ।

Himal fm


Subscribe to Comments RSS Feed in this post

One Response

  1. यहि पारा हो भने आउदो चुनबमा तिमी नेताहरु मात्र रहने छौ।तेहा भोटर हुने छैनन।देश भरी माहोल बनौनुपर्ने बेलामा तेरो र मेरो गर्ने हो भने भोट कस्ले हालिदिन्छ र तिमिहरु नेता हुने हो?चाहे बल बहादुर होस चाहे आङ्गेल्बु ।दुबै जना मिलेर जानुको बिकल्प छैन।नत्र दुबै पक्छेका हातमा बाबा जि को घन्टा मात्र थमाउनेछन सोलुका जन्ताले याद रहोस।यस्तै पाराले आउने चुनाबमा सोलु कङ्रेशलाइ हेल्प नगर्ने र अरु कसैलाइ मद्द्त नगर्न मेरो प्रमुख भुमिका रहने कुरा अबगत गराउन चाहन्छु।आजै बाट मेरो पार्टी प्रतिको २० बर्ष को लगानी मा खडेरी परिशुन्य मुनाफा भयको घोषना गर्दछु धन्यवाद ।म सिङो कङ्रेस्स पार्टी मा बिस्वास राख्ने ब्याक्ती भयको कारण ले कुनै बल बहादुर र कुनै लुते बहादुरको पक्छेमा नलागिदिनुहुन भनी आम सोलुबासी काङ्रेस जनहरुमा हार्दिक हार्दिक अनुरोध गर्न चाहान्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*