एनआरएनद्वारा १२ बुँदे काठमाडौं घोषणापत्र जारी, के छ घोषणापत्रमा ? (पूर्णपाठसहित)   •   कूल आचार्यले एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तलाई बधाई दिँदै भने: 'यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ'   •   उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, यसरी हुँदैछ उपनिर्वाचन   •   दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारणलाइनका लागि मोदी र कुलमान एकमत   •   स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्चद्वारा रोक्का   •   नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)

समाजसेवी लोकप्रसाद दाहालको पहलमा निर्मित बद्री विशाल माविको पक्की भवन हस्तान्तरण

48701

शिखरपोष्ट रिपोर्टर
lok14धादिङ, ३० भदौं । गैर आवासीय नेपाली संघ (एनआरएन) बेल्जियमका निर्वतमान अध्यक्ष तथा समाजसेवी लोक प्रसाद दाहालको पहलमा निर्मित धादिङमा अवस्थित बद्री विशाल माविको ८ कोठे पक्की भवन औपचारिक रुपमा हस्तान्तरण गरिएको छ ।

७२ लाख रुपैयाँ भन्दा बढि लगानीमा निर्मित उक्त भवन आइतबार विद्यालय प्राङ्गानमा आयोजित एक विशेष समारोहबीच दाहाल नेतृत्वमा आएको डा. लुक विकोर्ड तथा सहयोगी संस्था फ्रम पिपुल टु पिपुल बेल्जियमको टिमले विद्यालय र स्थानीयलाई हस्तान्तरण गरेको हो ।

lokधादिङ जिल्लाको गंगाजमुना गाउँपालिका, बुढाथुममा अवस्थित उक्त विद्यालयको भौतिक संरचना गत २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको थियो ।

बुढाथुममै जन्मिनुभई हाल बेल्जियममा बस्दै आउनुभएका समाजसेवी दाहालले क्षतविक्षत अवस्थामा रहेको विद्यालयको पठनपाठनलाई सहज बनाउनका लागि आफ्नै नेतृत्वको जम्बो टोली ल्याएर अस्थायी टहरा निर्माण गर्नुका साथै पक्की भवन निर्माणको काम अगाडि बढाउनुभएको थियो । उक्त भवनलाई विद्यालय र स्थानीयले बेल्जियम भवन भनेर नामाकरण गरेका छन् ।

दाहालले विद्यालयको भवन तथा अन्य आवश्यक संरचनासँगै भूकम्प पीडितहरुका लागि निशुल्क स्वास्थ्य शिविर, खानेपानीको व्यवस्था गर्नुका साथै पुरै गाउँलाई पुग्ने जस्तापाता, त्रिपाल तथा अन्य राहतका सामाग्री वितरण गर्नुभएको थियो । त्यत्तिखेर उहाँले बुढाथुममा मात्रै नभएर अन्य विभिन्न जिल्लामासमेत भूकम्पपीडितहरुका लागि सहयोग गर्नुभएको थियो ।

विद्यालयलाई भवन हस्तान्तरण गर्ने उक्त कार्यक्रममा प्रदेश सभा सदस्य जगत सिंखडाले लोक प्रसाद दाहाललगायतको मनकारी बेल्जियम टिमलाई धन्यावाद दिनुभएको थियो ।

lok2सो समारोहलाई सम्बोधन गर्दै दाहालले भवनको बाँकी काम छिट्टै पूरा गर्ने र आफ्नो ठाउँबाट सक्ने हरेक खालका सहयोग गर्न सधैं तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा शिक्षक विद्यार्थीहरुले विद्यालय भवन र खानेपानीको समस्या टरेको र अब खेल मैदानको आवश्यकता औल्याउँदै सहयोग गर्न दाताहरुलाई आग्रह गरेका थिए ।

दाहालसहितको टालीलाई बाजागाजासहित भव्य स्वागत गर्नुका साथै सहयोगीहरुलाई विद्यालयको तर्फबाट सम्मानपत्र तथा मायाको चिनोसमेत प्रदान गरिएको थियो ।
lok11lok1lok9lok3 lok4 lok6 lok7 lok8lok12lok13


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*