एनआरएनद्वारा १२ बुँदे काठमाडौं घोषणापत्र जारी, के छ घोषणापत्रमा ? (पूर्णपाठसहित)   •   कूल आचार्यले एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तलाई बधाई दिँदै भने: 'यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ'   •   उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, यसरी हुँदैछ उपनिर्वाचन   •   दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारणलाइनका लागि मोदी र कुलमान एकमत   •   स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्चद्वारा रोक्का   •   नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)

पत्रकार महर्जनलाई भ्रमण वर्ष 2020 को सद्भावना दूतमा नियुक्त

48723

#शिखरपोष्ट रिपोर्टर

FB_IMG_1568642313443काठमाडौं । ललितपुर महानगरपालिकाले दुई पटक सगरमाथाको सफल आरोहण गरिसकेकी पत्रकार कल्पना महर्जनलाई नेपाल भ्रमण वर्ष 2020 को सद्भावना दूतमा नियुक्त गरेको छ ।

आइतबार महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नै कार्यकक्षमा एक कार्यक्रम आयोजना गरी पत्रकार महर्जनलाई औपचारिक रुपमा नियुक्ती पत्र हस्तान्तरण गरे ।

नियुक्ती पत्र हस्तान्तरण गर्दै मेयर महर्जनले आरोही तथा पत्रकार महर्जनलाई पर्यटन सद्भावना दूतमा नियुक्तीले ललितपुर महानगरपालिकाको पर्यटन प्रचार प्रसार एवं प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरे ।

आरोही महर्जनले गएको सिजनमा ललितपुर महानगरपालिकाकै आर्थिक सहयोगमा महानगरपालिकाको 100 औ वर्ष तथा बाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको फोटो र लोगो अंकित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराएकी थिइन्।

योसँगै उनी सगरमाथाको दुईटै मोहोडाबाट सगरमाथाको चुचुरोमा पुग्ने पहिलो महिला पत्रकारको रुपमा आफूलाई उभ्याएकी छिन् ।

यसैबीच, महर्जन पर्यटन प्रवर्दनका लागि यूरोप फ्रान्स, स्वीजरल्याण्ड, अष्ट्रिया, जर्मनीलगायतका मुलुकमा आयोजना हने बिभिन्न कार्यक्रममा भाग लिन मंगलबार त्यसतर्फ प्रस्थान गर्दैछिन् ।

FB_IMG_1568642339974


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*