एनआरएनद्वारा १२ बुँदे काठमाडौं घोषणापत्र जारी, के छ घोषणापत्रमा ? (पूर्णपाठसहित)   •   कूल आचार्यले एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तलाई बधाई दिँदै भने: 'यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ'   •   उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, यसरी हुँदैछ उपनिर्वाचन   •   दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारणलाइनका लागि मोदी र कुलमान एकमत   •   स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्चद्वारा रोक्का   •   नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)

नेपाल एयरलाइन्सले ज्येष्ठ नागरिकलाई हवाई भाडामा छुट दिने

48752

nacकाठमाडाैं- नेपाल एयरलाइन्सले ७० वर्ष माथिका जेष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत हवाइ भाडा छुट दिने निर्णय गरेको छ। यसरी छुट पाउने रकम जुनसुकै स्थानबाट टिकट काट्दा पनि उपलब्ध हुने निगमले जनाएको छ।

निगमले १०  आन्तरिक उडान गर्दैआएको छ। निगमले यस्तो छुट अन्तर्राष्ट्रिय उडानमा भने दिने छैन। निजी वायुसेवा निगमले जेष्ठ नागरिकलाई छुट दिन नसकिने भन्दै विरोध गरेको समयमा निगमले यस्तो निर्णय गरेको हो।

पर्यटनमन्त्री योगेश भट्टराईले हवाइ भाडा छुट दिने विषयमा अध्ययन गर्न एक समिति निर्माण गरेका छन्। निजी वायुसेवा निगमका सञ्चालकहरुको समस्या र छुटका बारेमा उक्त समितिले अध्ययन गरी प्रतिवेदन दिने र सोही अनुरुप लागू गर्नका लागि मन्त्रालयले यस्तो समिति गठन गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*