एनआरएनद्वारा १२ बुँदे काठमाडौं घोषणापत्र जारी, के छ घोषणापत्रमा ? (पूर्णपाठसहित)   •   कूल आचार्यले एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तलाई बधाई दिँदै भने: 'यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ'   •   उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, यसरी हुँदैछ उपनिर्वाचन   •   दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारणलाइनका लागि मोदी र कुलमान एकमत   •   स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्चद्वारा रोक्का   •   नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)

सफल पर्यटन व्यवसायी सापकोटालाई ‘साउथ एसियन यूथ टुरिजम अवार्ड २०१९’

48788
  • शिखरपोष्ट रिपोर्टर

kamal 111काठमाडौं, ५ असोज । सफल यूवा पर्यटन व्यवसायी रामप्रसाद सापकोटा (कमल) ‘साउथ एसियन यूथ टुरिजम अवार्ड  र २०१९’बाट सम्मानित हुनुभएको छ । ४३ वटा मुलुकमा सञ्जाल रहेको ग्लोबल यूथ पार्लिमेन्ट र ग्लोबल ल थिङ्कर सोसाइटीले बंगलादेशको ढाकामा आयोजना गरेको सेकेण्ड साउथ एसियन यूथ कन्फरेन्सको अवसरमा सापकोटालाई सो अवार्ड प्रदान गरिएको हो ।

उक्त अवार्ड बंगलादेशको स्वतन्त्र तथा द्धन्द मामिलामन्त्री ए.के.एम मोजामेल हुग. एमपी.को हातबाट प्रदान गरिएको उक्त अवार्ड सापकोटाकी धर्मपत्नी निर्मला धमलाले ग्रहण गर्नुभएको थियो ।

0c56839d4604e3603280c5bc0c344fb2माउन्टेन डिलाइट्स ट्रेकिङ, काठमाडौं गार्डेन होम, दिदिज टेडर्स नामक ह्याण्डिक्राफ्ट, माउन्टेन डिलाइट टुर्स एण्ड ट्राभललगायतका कम्पनी सञ्चालन गरिरहनुभएका उहाँको व्यावसायिक अब्बलता त छ नै सँगसँगै पछिल्लो समय सिंगो पर्यटन क्षेत्रमा एक कुशल नेतृत्वको रुपमा भूमिका निर्वाह गरिरहनुभएको छ ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)को निवर्तमान अध्यक्षसमेत रहनुभएका उहाँ आफ्नो व्यवसायको अलावा समाजसेवामासमेत उत्तिकै क्रियाशिल र समर्पित हुनुहुन्छ । टुकी नेपाल समाज नामक संस्थामार्फत दुरदराजका गाउँहरुमा शिक्षा र स्वास्थ्यसँग जोडिएर काम गर्दै आउनुभएका उहाँले यसअघि सूर्य नेपाल आशा सामाजिक उद्यमशीलता अवार्ड २०११ तथा एसियाभरीको अन्तर्राष्ट्रिय सस्टेनेबल टुरिजम इन्सपाइरिङ स्टोरी कम्पिटीसन २०१३ अवार्ड, टुरिजम म्यान अफ दि इयर अवार्डजस्ता दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड, सम्मान तथा पुरस्कारहरु प्राप्त गरिसक्नुभएको छ ।

ट्रेकिङ गर्ने सिलसिलामा नेपालका अधिकांश कुनाकन्दरामा पुगिसक्नुभएका उहाँले हालसम्म स्वीडेन, नर्वे, डेनमार्क, स्विट्जरल्याण्ड, जर्मन, लेस्टेनटाइन, अस्ट्रिया, चाइना, हङकङ, सिंगापुर, थाइल्याण्ड, इन्डियालगायत दर्जनौं मुलुकको भ्रमण गरिसक्नुभएको छ ।

शिखरपोष्ट मिडिया गु्रपको तर्फबाट उहाँलाई हार्दिक बधाई तथा थप सफलताका लागि शुभकामना ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*