एनआरएनद्वारा १२ बुँदे काठमाडौं घोषणापत्र जारी, के छ घोषणापत्रमा ? (पूर्णपाठसहित)   •   कूल आचार्यले एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तलाई बधाई दिँदै भने: 'यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ'   •   उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, यसरी हुँदैछ उपनिर्वाचन   •   दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारणलाइनका लागि मोदी र कुलमान एकमत   •   स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्चद्वारा रोक्का   •   नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)

पर्यटन व्यवसायी श्रेष्ठलाई भ्रमण वर्ष– २०२० को सिइओमा नियुक्त गर्ने तयारी

48815

40faa307-4b17-3e44-bdce-4be3eff78c54_1569293698सरकारले “नेपाल भ्रमण वर्ष– २०२०” को प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गर्ने तयारी गरेको छ । भ्रमण वर्षको कामलाई थप गति दिनका लागि सरकारले पर्यटन व्यवसायी बच्चुनारायण श्रेष्ठलाई सिईओको रुपमा नियुक्त गर्ने तयारी गरेको श्रोतले जनाएको छ ।

श्रेष्ठलाई नियुक्त गरेर नेपाल भ्रमण बर्ष सफल बनाउनेतर्फ पर्यटन मन्त्री योगेश भट्टराई लागेका हुन् । भ्रमण वर्षको कार्यविधिले सबै अधिकार संयोजकलाई दिएकाले सीईओ नियुक्ति कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

सीईओ नियुक्तीको बिषयमा मन्त्री भट्टराईसँग कुरा भएको श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले सुरज वैद्यलाई भ्रमण वर्षको संयोजक बनाएका थिए। संयोजकमा वैद्य नियुक्त भएसँगै लामो समय पर्यटन क्षेत्रमा काम गर्दै आएका व्यवसायीहरुले त्यतिबेलै विरोध जनाएका थिए। वैद्यले भ्रमण वर्ष २०२० को सचिवालयको बैठक समेत राख्न नसकेको आरोप लाग्दै आएको छ।

२० लाख पर्यटक भित्र्याउने अभियानका साथ भ्रणम वर्ष २०२० को घोषणा गत वर्ष नै गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*