बंगलादेशी राष्ट्रपति हमिदले गरे फेवातालमा जलविहार   •   कालापानीबारे चीनले भन्यो- नेपाल र भारतले परामर्श र सम्झौताबाट विवाद टुंग्याउन्   •   माप्य दुधकोशी गाउँपालिकाका यूवा नेता दिपक थापा नेकपा प्रवेश   •   मन्त्रीपरिषद् पुर्नगठनको तयारी, नयाँ मन्त्री को को ?   •   नेपालको नक्सा गलत भएकाले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर   •   नेकपा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ को सपथ ग्रहण सम्पन्न

सेभेन समिट बन्यो सरकारलाई सबैभन्दा बढि राजस्व बझाउने कम्पनी

48890

sammanकाठमाडौं । सेभेन समिट ट्रेक्स यस वर्ष सरकारलाई सबैभन्दा बढी राजस्व बुझाउने कम्पनी बनेको छ । ४०औं विश्व पर्यटन दिवशको अवसरमा शुक्रबार आयोजित समारोहबीच सेभेन समिटलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले सबैभन्दा बढि राजस्व तिर्ने कम्पनीको रुपमा सम्मान गरेको हो ।

पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले कम्पनीका प्रमुख मिङ्मा शेर्पालाई प्रमाणपत्रसहित सम्मान गरे । शेर्पा गन्तव्य नेपालको ‘टुरिजम म्यान अफ दि इयर अवार्ड २०१८’बाट सम्मानित व्यक्तित्व हुन् ।
सन् २०१० मा स्थापित कम्पनीले यस वर्ष ९ लाख ३० हजार अमेरिकी डलर अर्थात् १० करोड ५० लाख ९० हजार रुपैयाँ राजस्व बुझाएको मन्त्रालयले जनाएको छ ।

५ दाजुभाइ मिलेर स्थापना गरेको कम्पनीमा सबैजना प्रख्यात पर्वतारोही हुन् । कम्पनीका प्रमुख मिङ्मा र दावा शेर्पाले विश्वका अग्ला १४ वटा हिमाल आरोहण गरिसकेका छन् भने अन्य दाजुभाई पनि प्रख्यात आरोही गाइडका रूपमा चिनिन्छन् ।


Subscribe to Comments RSS Feed in this post

One Response

  1. Ajjai kohi kohi bina permit chadeko ta kurai nagarum heheheh Murkha banaauxan yahaa..

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*