एनआरएनद्वारा १२ बुँदे काठमाडौं घोषणापत्र जारी, के छ घोषणापत्रमा ? (पूर्णपाठसहित)   •   कूल आचार्यले एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तलाई बधाई दिँदै भने: 'यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ'   •   उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, यसरी हुँदैछ उपनिर्वाचन   •   दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारणलाइनका लागि मोदी र कुलमान एकमत   •   स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्चद्वारा रोक्का   •   नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)

क्यान निर्वाचन : ६ जना निर्विरोध निर्वाचित, अन्तिम नतिजा आजै सार्वजनिक हुने

48898

996303378_cannकाठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) को आज हुने निर्वाचनमा ६ जना निर्विरोध निर्वाचित भएका छन्। महिला सदस्यमा एक जनाको मात्र उम्मेदवारी परेकाले जयन्ती भट्ट निर्विरोध भएकी हुन्।

यसैगरी प्रदेश २ बाट दाउद अन्सारी मोहम्मद, गण्डकी प्रदेशबाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रशान्त विक्रम मल्ल र कर्णाली प्रदेशबाट पदमबहादुर खड्का निर्विरोध निर्वाचित भएका हुन्। सुदूरपश्चिम प्रदेशबाट भने विक्रम विष्ट निर्विरोध निर्वाचित भएका हुन्।

प्रदेशबाट १/१ जना सदस्य निर्वाचित हुनुपर्ने व्यवस्था अनुसार उनीहरु एक जनाको मात्रै उम्मेदवारी परेको थियो।

प्रदेश १ मा कैलाश विष्ट र लाक्पा लामा तथा प्रदेश ३ मा अमीत वीर पाण्डे र केलाश प्रदानबीच प्रतिस्पर्धा हुने भएको छ।

क्यानको अध्यक्षका लागि विनयराज पाण्डे र चतुरबहादुर चन्दबीच प्रतिस्पर्धा हुनेछ। उपाध्यका लागि मिङ्मा डण्डु शेर्पा र राजुबाबु श्रेष्ठको उम्मेदवारी परेको छ। सचिवमा अशोकनाथ प्याकुरेल र विनोदकुमार मैनाली, कोषाध्यक्षमा रोशनकुमार सिंह र उपेन्द्र भट्टराईको उम्मेदवारी परेको छ।

क्यानमा १७ सदस्यीय कार्यसमिति चयन हुनेछ।

काठमाडौंको म्यारिएट होटलमा जारी निर्वाचनमा दिउँसो १ बजेदेखि मतदान हुने कार्यक्रम छ। आजै मतगणना भई अन्तिम नजिता सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*