एनआरएनद्वारा १२ बुँदे काठमाडौं घोषणापत्र जारी, के छ घोषणापत्रमा ? (पूर्णपाठसहित)   •   कूल आचार्यले एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तलाई बधाई दिँदै भने: 'यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ'   •   उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, यसरी हुँदैछ उपनिर्वाचन   •   दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारणलाइनका लागि मोदी र कुलमान एकमत   •   स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्चद्वारा रोक्का   •   नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)

निर्दयी बुबा, जसले आफ्नै बच्चालाई यस्तोसम्म गरे

48977

ddसोलुखुम्बु ।  सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा एक बुबाले आफ्नै बच्चालाई पटक पटक चरम यातना दिएको खुलेको छ । थुलुङ दुधकोशी गाउँपालिकाको मुक्ली चारघरेमा कान्छी श्रीमतिसँग मिलेर आफ्नै तीन जना बालबालिकालाई बुबाले पटक पटक चरम यातना दिएको खुलेको हो ।

४२ बर्षिय तिर्थ राईले आफ्नै जेठी श्रीमतिका ३ जना छोराछोरीलाई चरम यातना दिएको वडा अध्यक्ष फुर्तीमान तामाङले जानकारी दिए । वडा अध्यक्ष तामाङका अनुसार राईले लामो समय देखि ९ बर्षिय छोरा संयोग राईसँगै १३ र १५ बर्षिय छोरीहरुलाई शारीरिक एवं मानसिक यातना दिने गरेको वडा कार्यालयमा उजुरी दर्ता भएको छ ।

पटक पटकको यातना सहन नसकेर पीडित बालबालिकाहरुले नै वडा कार्यलयमा सोमबार उजुरी दर्ता गराएका हुन् । यातनाका कारण ९ बर्षिय संयोगको ढाडमा गहिरो चोट लागेको छ । उनलाई बुबा तिर्थले भाडा माझ्ने स्टीलजुसले ढाड रगडेर खुर्सानी र नुन लगाउनुका साथै सिस्नुपानीले हिर्काउदा गहिरो चोट लागेको बताइएको छ । घाउ लामो समय भएका कारण पाकेको छ ।

बुबा तिर्थकै पिटाइवाट छोरीको पनि १० महिना अघि हात भाँचिएको पीडितले बताएकाछन् । बाबुको कुटाईबाट हात भाँचिए पनि त्रासका कारण ढाँटेर उपचार गराएको पीडित बालिकाले वडा कार्यालयमा बयान दिएकी छन् । घटनाको विषयमा सोमबार न्यायिक समितिमा छलफल भएको छ । छलफलको क्रममा तिर्थ राईले आफ्नो गल्ती भएको बताएका छन् ।

पीडित बालबालिकाहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेको वडा अध्यक्ष तामाङले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*