एनआरएनद्वारा १२ बुँदे काठमाडौं घोषणापत्र जारी, के छ घोषणापत्रमा ? (पूर्णपाठसहित)   •   कूल आचार्यले एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तलाई बधाई दिँदै भने: 'यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ'   •   उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, यसरी हुँदैछ उपनिर्वाचन   •   दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारणलाइनका लागि मोदी र कुलमान एकमत   •   स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्चद्वारा रोक्का   •   नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)

शरद ऋतुमा सगरमाथा आरोहणका लागि १० जनाले लिए अनुमति

48995

everestकाठमाडौं। शरद ऋतुमा सगरमाथा आरोहणका लागि यस बर्ष दुई समूहका १० जनाले अनुमति लिएका छन् । पछिल्लो तीन बर्षको शरद ऋतुमा आरोहणका लागि कसैले अनुमति नलिएकोमा यस बर्ष दुई समूहले अनुमति लिएको पर्यटन बिभागका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए । तीन वर्ष पछि सगरमाथा आरोहण गर्न अनुमति लिने एउटा समूहमा ९ र अर्कोमा १ जना गरी १० जना रहेकाछन् ।

सगरमाथा आरोहणको उत्तम समय बसन्त ऋतुलाई लिईने गरिन्छ । शरद ऋतुमा सगरमाथा अरोहणका लागि कठिन मानिन्छ । सन् २०१० को अक्टोबरमा अमेरिकी आरोही एरिक लर्सेनले आरोहण गरेयता शरद् ऋतुमा कोही पनि आरोही शिखरमा पुगेको रेकर्ड छैन । यो याममा अरोहण सफल हुने या नहुने भन्ने कुरा आरोही र मौसममा भर पर्छ ।

 सन २०१९ कै बसन्त ऋतुमा विभिन्न समुहका ३ सय ८१ जनाले आरोहण अनुमति लिएका थिए भने आरोही र उनीका सहयोगी सहित करिब ७ सय जनाले विश्वको सर्वोच्च शिखरमा पाईला टेकेका थिए । आरोहणको क्रममा ९ जनाको ज्यान गएको थियो । उनीहरुको मृत्युको कारण सगरमाथा आरोहणका क्रममा ट्राफिक जाम भनेर दावी गरिएपनि पर्यटन विभागले त्यसको खण्डन गरेको थियो ।

उक्त याममा हुने भिड र समस्यालाई शरद ऋतुले आकर्षण गर्न नसकेको आरोही बताउँछन् । आरोही किताब सिं तामाङका अनुसार शरद ऋतुमा आरोहण गर्न सकिने भएपनि हल्का बर्षात्संगै हिमपात र वायुको गति उच्च हुँदा समस्या हुने गर्छ ।

वसन्त ऋतुमा आधार शिविरदेखि क्याम्प वानसम्मको बाटो बनाउने र व्यवस्थापन गर्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिले पनि यो याममा भने कुनैपनि कार्य गर्दैन । समितिका अध्यक्ष आङदोर्जी शेर्पाका अनुसार बसन्त ऋतुमा ६०० अमेरिकी डलरमा क्याम्प वानसम्मको बाटो बनाउन सकिने भएपनि शरद ऋतुमा कम्तीमा २५ हजार अमेरिकी डलर लाग्छ ।

नेपाल सरकारले समेत शरद ऋतुमा आरोहणलाई प्राथमिकता दिएको पाइदैन । यस याममा आरोहणका लागि आवश्यक पुर्वधार तयार पार्न सरकारको ध्यान नगएको आरोही किताब सिं तामाङले बताए ।

४ करोड बढी राजश्व संकलन

विभिन्न हिमाल आरोहणबाट अहिलेसम्म ४ करोड २८ लाख ४० हजार १ सय ७१ रुपैँया ५७ पैँसा रोयल्टी प्राप्त भएको पनि पर्यटन विभागले जनाएको छ । सगरमाथा आरोहणको रोयल्टी ऋतु अनुसार फरकफरक हुन्छ । विदेशी आरोहीले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ । यस्तै शरद ऋतुमा ५ हजार ५०० डलर र गर्मी समयमा २ हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्दछ । यस्तै नेपाली आरोहीले वसन्तु ऋतुमा ७५ हजार, शरद ऋतुमा ३७ हजार ५०० र गर्मी याममा १८ हजार २५० रुपैयाँ रोयल्टी तिर्नुपर्ने कानुनी व्यवस्था छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*