एनआरएनद्वारा १२ बुँदे काठमाडौं घोषणापत्र जारी, के छ घोषणापत्रमा ? (पूर्णपाठसहित)   •   कूल आचार्यले एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तलाई बधाई दिँदै भने: 'यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ'   •   उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, यसरी हुँदैछ उपनिर्वाचन   •   दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारणलाइनका लागि मोदी र कुलमान एकमत   •   स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्चद्वारा रोक्का   •   नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)

सभामुख महरामाथि आरोप लगाउने महिलाले प्रहरीलाई दिइन् निवेदन, अब के होला छानविनको प्रक्रिया ?

48998

Krishna-Bahadur-Maharaकाठमाडौं, १५ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी महिलाले आफू ‘डिप्रेसन’को विरामी भएको भन्दै प्रहरीमा निवेदन दिएकी छन् । यससँगै महरामाथि प्रहरी छानविन रोकिने भएको छ ।

संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । सोमबार राति आफ्नो कोठामा आएका महराले बलात्कार प्रयास गरेको र आफूले प्रतिवाद गर्दा कुटपिट समेत गरेको उनले बताएकी थिइन् ।

मंगलबार सत्तारुढ नेपाल कम्युनिस्ट (नेकपा)ले महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिन सुझायो । लगतै महराले राजीनामा दिए । बुधबार संसद सचिवालयले महराले राजीनामा दिएकाले पद रिक्त भएको सूचना पनि निकालेको छ ।

तर पीडित भनिएकी महिलाले भने बोली फेरेकी छन् । उनले बुधबार महानगरीय प्रहरी वृत्त तिनकुनेमा आफू डिप्रेसन विरामी भएको र मिडियामा आएको विषय आफूलाई थाहा नभएको भन्दै लिखित निवेदन नै दिएकी छन् ।

यससँगै निवर्तमान सभामुख महरामाथि भइरहेको छानविन रोकिने देखिएको एक प्रहरी अधिकृतले बताए ।

Tags: 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*