बंगलादेशी राष्ट्रपति हमिदले गरे फेवातालमा जलविहार   •   कालापानीबारे चीनले भन्यो- नेपाल र भारतले परामर्श र सम्झौताबाट विवाद टुंग्याउन्   •   माप्य दुधकोशी गाउँपालिकाका यूवा नेता दिपक थापा नेकपा प्रवेश   •   मन्त्रीपरिषद् पुर्नगठनको तयारी, नयाँ मन्त्री को को ?   •   नेपालको नक्सा गलत भएकाले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर   •   नेकपा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ को सपथ ग्रहण सम्पन्न

आफुविरुद्ध प्रचारबाजी गर्नेलाई थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष राईको दनक

कानुनी बाटो अवलम्बन गर्ने गाउँपालिकाको तयारी

49010

6bbebf4a-064d-39d0-9b2c-a41c7e1f0d64_1570086554सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले आफुविरुद्ध अनर्गल प्रचारबाजीमा लाग्नेहरुलाई प्रमाणसहित जवाफ दिएका छन् । गाउँपालिकाले छोटो समयमै हासिल गरेको प्रगतिलाई देख्न नसक्ने विकास बिरोधीहरुले अत्तालिदै श्रृंखलाबद्ध रुपमा भ्रामक प्रचारबाजी गरेको भन्दै अध्यक्ष राईले त्यसको जवाफ दिएका हुन् ।

गाउँपालिका भवन र गाडी खरिदको विषयमा केही अनलाईनमा समाचार आएपछिको पहिलो प्रतिक्रियामै राईले जग्गादाताको मन्जुरीमा आवश्यक प्रकृया पूरा गरेर नै गाउँपालिका भवन निर्माण गरेको दावी गरे । ‘सहज सेवा प्रवाहका लागि भवन निर्माण गरेको बिषयमा ठूलै भ्रष्टचार गरेजस्तो हल्ला गर्न खोजियो’ अध्यक्ष राईले भने, ‘मैले निजी आवास निर्माण गरेको होईन, सेवा प्रवाहका लागि सुविधा सम्पन्न भवन निर्माण गरेको हो । स्थानीय समाजसेवि तथा जग्गादाताबाट जग्गा लिएर नै कार्यालय बनाएका हौँ । भवन अभावमा काम गर्न समस्या थियो, त्यो सबैलाई प्रष्ट भएकै कुरा हो, अहिले भवन भएपछि सेवा लिन कत्तिको सहज भएको यहाँको जनतालाई आएर सोध्नु,, मलाई नसोध्नु ।’

त्यस्तै टेण्डरको सबै प्रक्रिया पुर्‍याएर गाउँपालिकाको भवन निर्माण गरिएको भन्दै भ्रममा नपर्न अध्यक्ष राईले आग्रह गरेका छन् । ‘टेण्डर खोलेर नै पालिकाको भवन बनाएका हौँ, अध्यक्ष राईले प्रश्न गरे ‘जिल्लाको स्थानीय तहमध्ये सबैभन्दा पहिला भवन निर्माण गर्ने पालिका कुन हो ? अनि फेरी पालिकाको सम्पत्ति जोड्नु भ्रष्टाचार हो ?’

यसैबीच, प्रमुख प्रशासकीय अधिकृत अबिलाल राईले गाउँपालिकाको बद्नाम गर्ने उद्देश्यले समाचार प्रकाशन भएको भन्दै कानुनी बाटो अवलम्बन गर्ने बताएका छन् । बद्नीयतपूर्वक समाचार बाहिर ल्याएको भन्दै अधिकृत राईले पालिकाको बद्नामी सहेर नबस्ने बताए । स्पष्ट प्रमाण र आधार हामीसँग हुँदाहुँदै पनि अभिव्यक्ति स्वतन्त्रताको नाममा मान हानी गर्न नहुँने भन्दै यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याएरै छाड्ने उनले बताए ।

जग्गा दाताको प्रश्न: मेरो घुर्‍यान पुर्ने र बगाउँने लिखु खोला खोई ?
यता जग्गा दाता एकबहादुर गुरुङका माहिला छोरा बलराम गुरुङले केही सञ्चारमाध्यममा आएको समाचारप्रति दुःख लागेको बताएका छन् । ‘हामीले परिवारको सल्लाह अनुसारनै यत्रो घरबारीनै कानुनअनुसार मञ्जुरीनामा लेखेर दिएका छौ ।’ गुरुङले भने, ‘संगोलमा जग्गा भएकाले पास गर्न केही समय लागेको नै हो, गाउँको विकासमा किन कन्जुस्याई गर्नु, सबैले सहयोग गर्नुपर्छ अनि गाउँ बन्छ भनेर खुल्ला मनले जग्गा दिएका छौं, त्यो जग्गा नहुँदा हाम्रो उठीबास लाग्ने पनि होइन ।’

‘हामी दिनेलाई त आपत्ति छैन, अरुलाई के को टाउँको दुखाई ?’ जग्गादाता गुरुङले भने ।

यता सुविधा सम्पन्न अस्पताल निर्माणको अभियानमा गाउँपालिका लागेको भन्दै स्थानीय गोरे राईले करिब १२ रोपनी जग्गा निशुल्क रजिष्टेशन गरिदिएका छन् । अन्य केही जग्गादाताले चाडै जग्गा रजिष्टेशन गरिदिने भनेर मञ्जुरीनामा सहिछाप गरिदिएका छन् ।

जग्गादाता गोरे राईले बदनियतपूर्ण मनसायका साथ समाचार लेखिएकोमा आपत्ति जनाएका छन् । उनले भने, ‘गाउँमा अस्पताल बन्नु गौरबको कुरा हो, हामीले सही स्थानमा जग्गा दिएका छौँ तर हुँदै नभएको लिखुखोलाले जग्गा बगाउन लाग्यो भनेर हाम्रो मानमर्दन गर्ने काम गरियो ।’ राईले भने, ‘कुनचाही पत्रकार हो ? मेरो घु¥याउनलाई पहिरोले पुरनै लाग्यो, बगाउँनै लाग्यो भन्ने, देखाउँन मेरो चुनौती छ ।’

गाडी गरिद प्रक्रियाअनुसार नैः गाउँपालिका

यसैबीच बिना बोलपत्र गाडी खरिद गरिएको भन्ने समाचारप्रति गाउँपालिकाले आपत्ति जनाएको छ । पालिकाले सार्वजनिक खरिद ऐनअनुसारनै सबै सवारी साधन खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत अबिलाल राईले स्पष्ट पारेका हुन् ।

‘समाचारमा १ करोड १० लाख भनिएको रहेछ, गाडीको वास्तविक मुल्य ८२ लाख मात्र हो’ अधिकृत राईले अगाडि भने, ‘हामीले पत्रिकामा बोलपत्र आव्हान गरेर नै हाईलक्स भन्दा सस्तो गाडी किनेका हौँ ।’
यस विषयमा अध्यक्ष राईले ग्रामिण भेगको बाटोलाई सुहाउने सवारी साधन खरिद गरिएको स्पष्ट पारे । ‘अन्य गाडी भन्दा निकै सस्तो र बलियो छ, मैले मेरो ब्यक्तिगत नाममा खरिद गरेको होईन’ उनले भने, ‘मेरो कार्यकाल सकिएपछि अर्को जनप्रतिनिधिले पनि यही नै गाडी प्रयोग गर्ने हो ।’ sawarisadhangadi

महायज्ञको रकमले अस्पताल निर्माण प्रक्रियानै अगाडी बढ्यो:

अस्पताल निर्माणको प्रक्रिया कहाँ पुग्यो भन्ने प्रश्नको जवाफमा गाउँपालिका अध्यक्ष राईले टेण्डर गरेर थप प्रक्रिया अघि बढाइसकिएको जानकारी दिए । ‘अस्पताल निर्माणको लागि गरेको बचन पूरा भएन भने प्रश्न गर्नुहोला अहिलेनै योजनालाई बिफल बनाउँने उद्देश्यले हावाको भरमा प्रक्रियानै अगाडी बढेको छैन नभन्नुहोला’ अध्यक्ष राईले भने ‘बिरोधका लागि बिरोध गर्नेलाई मेरो भन्नु केही छैन, विकास गर्ने जोकोही भएपनि हातेमालो गर्नु मेरो कर्तव्य हो र गर्छुपनि । हल्ला गर्नेहरु गरिरहन्छन्, मेरा विरोधीहरु रोगी हुँदा उपचार गरि निको पार्ने अस्पताल दुधकोशी सामुदायिक अस्पताल नै हुनेछ । राईहरुको बाहुल्य रहेको स्थानमा महायज्ञ लगाएर जातीय तथा धार्मिक सद्भावसमेत कायम गर्न सफल भएको हाम्रो दाबी हो ।’

सबै काम पारदर्शी रुपमा भएको दाबी गर्दै उनले जनताको नाममा आएको एक पैसा पनि हिनामिना नगर्ने स्पष्ट पारेका छन् । महायज्ञबाट र अन्य श्रोतबाट संकलित रकमको विद्युतीय अभिलेख राखिएकाले ५ मिनेटभित्र सबै कारोबार जो कोहीले हेर्न सक्ने पालिकाले जनाएको छ ।hospita hos

दुई वर्षमा जनताले अनुभूत गर्ने कामः
अध्यक्ष राईले आफू निर्वाचित भएपछि दर्जनौं विकासका काम भएको दाबी गर्दै भने ‘हामीले सुविधासम्पन्न कार्यालय भवन बनायौँ । पालिकालाई प्रविधिमैत्री बनाउने काम गरियो । विकट स्थानमा रहेका वडा र विद्यालयहरुमा ईन्टरनेट जडान गरिएको छ । हरेक विद्यालयमा ई हाजिरिको ब्यवस्था गरिएको छ । पािलकाले आफ्नै शिक्षा ऐन लागु गरि शिक्षाको गुणस्तर अभिबृद्धिको काम गरिएको छ । जिल्लामै पहिलो ईन्जिनियरिङ कलेज स्थापना हुँदैछ । सिटिईभिटिबाट सिभिल ईन्जिनियरिङको अनुमति लिईएको छ । अब गाउँमै ढिडो खाएर ईन्जिनियर बन्न पाउँछन् जनताका छोराछोरीले ।’

त्यस्तै उनले सडक निर्माणमा गुणस्तरीय मापदण्ड लागु गरिएको बताए । ‘हामीले खनेका सडकहरु ६ मिटर चौडाईका छन् । विकासको नमुना बनाउने प्रयत्न भईरहेको छ’ उनले भने ‘दुधकोशीमा ३ वटा मोटरेबल पुल र सोलुखोलामा २ वटा मोटरेबल पुल निर्माणको काम अगाडी बढेको छ । प्रदेश र संघीय सांसदहरुसँगको समन्वयमा २५ करोड रुपैँया ग्रामिण विद्युतिकरणका लागि बजेट छुट्टिएको छ । पालिकाको केन्द्र मुक्लिसम्म सडक पिच हुँदैछ, यो पनि यहाँका लागि ठूलो उपलब्ध हो । गाउँपालिका मध्ये सबैभन्दा पहिला लक्ष्मी बैंकको शाखा, प्रहरी चौकी समेत स्थापना गरिएको छ । ठुला जलविद्युत आयोजनासँग समन्वय गरिरहेको छु ।’

सबैभन्दा धेरै ऐन कानुन निर्माण गरेर कार्यन्वयन गर्ने, खुम्बु पासाङल्हामु गाउँपालिकापछि सबैभन्दा धेरै राजश्व संकलन गर्ने गाउँपालिका थुलुङदुधकोशी नै भएको दाबी उनको छ । उनकाअनुसार स्वास्थ्य क्षेत्रका स्कुल नर्स कार्यक्रम प्रभावकारी रुपमा अगाडी बढाईए, मातृ मृत्युदर सुन्य पार्न आमा सुरक्षा कार्यक्रम लागु गरि अस्पतालमा सुत्केरी गराउनेलाई पाँच हजार प्रोत्साहान भत्ता दिने गरिएको छ ।

आफु निर्वाचित भएपछि सबै पक्षसँग अधिकतम सहमति र सहकार्यको रणनितिका साथ अघि बढेको उनको दाबी छ । ‘अधिकतम समन्वयको लागि काग्रेसबाट निर्वाचित वडा अध्यक्षलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ’ उनले भने ‘सबै वडामा समानुपातिक बजेट विनियोजन गरिएको छ । भने अब म कसरी एकपक्षिय भए ? जनहितमा यती धेरै काम भएका छन् । मैले गलत नियत राखेको भए यी सबै काम कसरी पुरा संभव भयो ? मलाई गलत प्रचारबाजीले थप काम गर्न हौसला मिलेको छ । म आलोचनालाई उर्जामा बदल्न सक्छु । आजकाल राती ६ घण्टा सुतेर बाँकी पालिकाको काममा लाग्थे भने अब चार घण्टा मात्र सुत्छु । म जनतको शासक होइन शेवक हुँ । आरिस गर्ने जलेर बस्छन्, म जनसेवामा ईमान्दार सिपाहीको भुमिका निर्वाह गरिरहने छु । हाम्रो कृयाशिलताले कसैको राजनितिक भविष्य समाप्त हुन्छ भने यसलाई हाम्रो दोष भन्न मिल्छ ?’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*