एनआरएनद्वारा १२ बुँदे काठमाडौं घोषणापत्र जारी, के छ घोषणापत्रमा ? (पूर्णपाठसहित)   •   कूल आचार्यले एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तलाई बधाई दिँदै भने: 'यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ'   •   उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, यसरी हुँदैछ उपनिर्वाचन   •   दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारणलाइनका लागि मोदी र कुलमान एकमत   •   स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्चद्वारा रोक्का   •   नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)

सिक्किममा ‘दोस्रो विश्व शेर्पा सम्मेलन’ हुँदै

49061

biswho-sherpa-02102017110724-1000x0काठमाडौं । आगामी अक्टोबरको ८, ९ र १० मा ‘दोस्रो विश्व शेर्पा सम्मेलन हुने भएको छ । भारतको सिक्किममा हुन लागेको उक्त सम्मेलनको तयारी तीब्र रुपमा अगाडि बढाइएको बताईएको छ ।

नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी लामा शेर्पाका अनुसार सम्मेलनमा विभिन्न १५ मुलुकमा बसोवास गर्ने १ हजार प्रतिनिधीहरु सहभागि हुनेछन् । र, नेपालबाट ६० जना प्रतिनिधीहरुको सहभागिता रहनेछ ।

विश्वभरीका शेर्पाहरुको प्रतिनिधिमुलक सहभागिता रहने गरी सन २०१७ मा स्थापना भएको ‘जम्बुलिङ श्यर्वी छोक्पा’ले दोश्रो विश्व शेर्पा सम्मेलनको आयोजना सिक्किममा गर्ने निर्णय गरेको थियो । छोक्पाका अध्यक्ष आङ दोर्जी लामा शेर्पाको अध्यक्षतामा बसेको अनलाईन बैठकले छोक्पाको प्रथम प्रत्यक्ष बैठक र दोश्रो विश्व शेर्पा सम्मेलन सिक्किममा आयोजना गर्ने निर्णय गरेको थियो । सम्मेलनको तयारी बारे ८ सेप्टेम्बरमा अर्को बैठकबसी तयारीबारे अन्तिम छलफल गरेका थिए ।

बैठकले सम्मेलनलाई भव्यताका साथ सफल बनाउन व्यवस्थापकीय पक्षले तिब्र रुपमा काम गरिरहेको महासचिव पासाङ गेली शेर्पाले जानकारी दिए । जम्बुलिङ श्यर्वी छोक्पामा सिक्किमका प्रतिनिधिहरुका रुपमा महासचिव र कोषाध्यक्ष मिङमा शेर्पा छन् ।

सम्मेलनको व्यवस्थापकीय जिम्मेवारी सिक्कममा रहेको शेर्पाहरुको संस्था ‘डेन्जोङ शेर्पा संघ सिक्किम’ले लिएका छन् । अनलाइनको माध्यमबाट मात्रै हुने वैठकलाई प्रत्यक्ष बनाउने, शेर्पा समुदायको एकता, भाषा, कला, संस्कृति, साहित्य, आर्थिक, राजनैतिक, सामाजिक मुद्दाहरुलाई सम्मेलनका अजेण्डाहरु हुन् । सम्मेलनले शेर्पा समुदायको शैक्षिक अवस्थामा सुधार र व्यापक बनाउन महत्वपूर्ण निर्णय गर्ने जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*