एनआरएनद्वारा १२ बुँदे काठमाडौं घोषणापत्र जारी, के छ घोषणापत्रमा ? (पूर्णपाठसहित)   •   कूल आचार्यले एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तलाई बधाई दिँदै भने: 'यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ'   •   उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, यसरी हुँदैछ उपनिर्वाचन   •   दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारणलाइनका लागि मोदी र कुलमान एकमत   •   स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्चद्वारा रोक्का   •   नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)

हङकङविरुद्ध नेपालको शानदार जीत

49065

nepal_n8Tw8ciV2qकाठमाडौं : पाँच देशको टी-२० क्रिकेट श्रृंखलामा नेपालले पहिलो खेल जितेको छ। ओमानमा भएको पहिलो खेलमा नेपालले आइतबार हङकङलाई चार विकेटले पराजित गरेको हो।

१२६ रनको लक्ष्य पछ्याएको नेपालका लागि विनोद भण्डारीले अर्धशतक प्रहार गर्दै जीत दिलाएका हुन्। भण्डारीले नटआउट ५८ रन प्रहार गरेका थिए। ४८ बलको सामना गरेका भण्डारीले ४ चौका र ३ छक्काको मद्दतमा ५८ रन प्रहार गर्दै नेपाललाई जीत दिलाएका हुन्। नेपालका लागि आरिफ शेखले २१, सोमपाल कामीले १३ र पवन सर्राफले १० रन बनाउनुका अलवा अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन्।

हङकङका लागि नसरुल्ला राना र केल क्रिस्टेले समान दुई-दुई विकेट लिएका थिए। टस जितेर पहिले ब्याटिङ गरेको हङकङले नेपाललाई १२६ रनको लक्ष्य दिएको थियो। हङकङलाई कम स्कोरमा रोक्नमा नेपालका करन केसीले महत्त्वपूर्ण तीन विकेट लिएका थिए। उनले एकै ओभरमा तीन विकेट लिएका थिए।

सुरुमै धर्मराएको हङकङको इनिङलाई वकास वर्कत र किन्छित साहले सम्हालेका थिए। वकासले ३७ र किन्छितले ३१ रन प्रहार गरेका थिए। नेपालका लागि करन केसीले चार विकेट लिएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*