एनआरएनद्वारा १२ बुँदे काठमाडौं घोषणापत्र जारी, के छ घोषणापत्रमा ? (पूर्णपाठसहित)   •   कूल आचार्यले एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तलाई बधाई दिँदै भने: 'यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ'   •   उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, यसरी हुँदैछ उपनिर्वाचन   •   दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारणलाइनका लागि मोदी र कुलमान एकमत   •   स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्चद्वारा रोक्का   •   नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)

महरा यौन प्रकरणबारे गोपाल किरातीको पार्टीको धारणा सार्वजनिक

'प्रधानमन्त्री ओली, सुवास नेम्वाङ र ओनसरी घर्तीको षड्यन्त्र हुनसक्छ'

49088

Gopal-Kiratiकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लगाइएको बलात्कारको प्रयासको आरोपबारे धारणा सार्वजनिक गरेको छ ।

पार्टीले सभामुख कृष्णबहारदुर महराको घटनामा आधा स्वयमको कम्जोरी र आधा षडयन्त्र भन्ने सूचनाहरु प्राप्त भएको बताएको छ ।

‘क्रान्तिकारी माओवाद छाडेर अभिजातवर्गीय संसदवादमा भाँसिएका प्रचण्डहरुलाई क्रान्तिकारी देख्नेहरु तथा गुटजन्य अन्तरर्घातको परिणामस्वरुप त्यो घटना घट्न पुगेको हुन सक्छ,’ पार्टी अध्यक्ष गोपाल किराँतीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इन्डो प्यासिफिक रणनीतिमा संलग्नताको मूल्य ५०० मिलियन अमेरिकी डलर संसदबाट अस्वीकृत गरे वापत रोशनी शाहीसँगको अनैतिक सम्बन्धको भ¥याङ चडेर प्रधानमन्त्री केपी ओली तथा पूर्व सभामुख सुवास नेम्वाङले महरालाई धरापमा पारेका हुन्, भनिन्छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘विगत लामो समय क्रमशः सभामुख रहेका सुवास नेम्वाङ र ओनसरी घर्ती नै संसद सचिवालयको कर्मचारीबारे जानकार तथा दुरुपयोगकर्ता हुन सक्ने विश्लेषणहरु छन् । यस सम्बन्धमा हाम्रो पार्टी बृहत जनस्तरीय छानबिनको माग गर्दछ ।’

देशको पक्षमा उभिएको हो भने त्यस सन्र्दभमा महराको सम्मान र एकनिष्ठ विवाह सिद्वान्त प्रतिकुल दोश्रो महिलासंग अनैतिक सम्बन्ध गरेकोमा सजाय हुनु पर्ने बताउँदै पार्टीले पीडित भएको सन्र्दभमा रोशनी शाहीले न्याय पाउनुपर्ने जनाएको छ ।

‘तर राष्ट्रसेवक कर्मचारी भएर एकनिष्ठ विवाह सिद्वान्त प्रतिकुल दोश्रो पुरुषसंग अनैतिक सम्बन्ध गरेकोमा श्री शाहीलाई सजाय तथा देशी विदेशी दलालको मतियार बनेकी हुन् भने स्वतन्त्र छानबिन र भण्डाफोर गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

पार्टीले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा लिपुलेकस्थित नेपाली भूमि फिर्ताको औपचारिक पहल गर्न माग गरेको छ ।

अध्यक्ष गोपाल किराँतीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ नेपालमा टेकेर चीन हान्ने इन्डो प्यासिफिक रणनीति र त्यस रणनीतिमा खड्ग ओली सरकारको असंवैधानिक संलग्नताले मुख्यतः गणतन्त्र नेपाललाई साम्राज्यवादी युद्वको दुश्चक्रमा फसाउने खेल भइरहेको  परिस्थितिमा नेपाली सार्वभौमसत्ताको सम्मान गर्दै आएको छिमेकी राष्ट्र प्रमुखको भ्रमणले नेपालको राष्ट्रिय हित सन्तुलनमा निश्चय नै विशिष्ट महत्त्व राख्दछ । अतः राष्ट्रपति सीको भ्रमणक्रममा कस्मेटिक काठमाडौं होइन, राष्ट्रिय प्रतिष्ठा कायम हुनेगरी सुरक्षा व्यवस्था र लिपु लेकस्थित नेपाली भूमि फिर्ताको औपचारिक पहल गर्न हाम्रो पार्टी सरकारसँग गम्भीर माग गर्दछ ।’

पार्टीले इन्डो प्यासिफिक रणनीतिलाई नेपाल र नेपाली जनता विरोधी भन्दै त्यसको संलग्नता खारेजी गर्न आग्रह गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*