एनआरएनद्वारा १२ बुँदे काठमाडौं घोषणापत्र जारी, के छ घोषणापत्रमा ? (पूर्णपाठसहित)   •   कूल आचार्यले एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तलाई बधाई दिँदै भने: 'यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ'   •   उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, यसरी हुँदैछ उपनिर्वाचन   •   दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारणलाइनका लागि मोदी र कुलमान एकमत   •   स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्चद्वारा रोक्का   •   नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)

चीनका राष्ट्रपति सी नेपालको राजकीय भ्रमणमा

49124

xi_jinping_kzLm4lIiOWकाठमाडौं : दुई दिने राजकीय भ्रमणका लागि विश्वका शक्तिशाली राजनीतिज्ञ एवं चीनका राष्ट्रपति सी जिनपिङ नेपालको राजधानी काठमाडौं आइपुगेका छन्। सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानसम्मै पुगेर स्वागत गरेकी छन।

दुई दिने राजकीय भ्रमणका लागि शनिबार अपराह्न ५ बजे काठमाडौं ओर्लिएका चीनका राष्ट्रपति सीलाई स्वागत गर्न नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र मन्त्रीहरू, संवैधानिक अंगका प्रमुखहरू, सुरक्षा निकायका प्रमुख, सांसदहरू, सरकारका विशिष्ट अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। राष्ट्रपति सीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति सीलाई उच्च सम्मान प्रदान गरिएको छ। सीको स्वागत गर्न मन्त्रीहरू ४ बजे नै विमानस्थल पुगिसेका थिए भने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली भने सी विमानबाट बाहिर निस्किनु केही पहिले मात्रै विमानस्थल पुगेका थिए। दुई दिने अनौपचारिक भारत भ्रमणबाट राष्ट्रपति सी चेन्नइबाट नेपालका लागि उडेका थिए। उनी ५ बजे विमानबाट बाहिर निस्केका थिए।

चीनबाट राष्ट्रपतिको तहमा २३ वर्षपछि नेपाल भ्रमण भएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*