एनआरएनद्वारा १२ बुँदे काठमाडौं घोषणापत्र जारी, के छ घोषणापत्रमा ? (पूर्णपाठसहित)   •   कूल आचार्यले एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तलाई बधाई दिँदै भने: 'यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ'   •   उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, यसरी हुँदैछ उपनिर्वाचन   •   दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारणलाइनका लागि मोदी र कुलमान एकमत   •   स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्चद्वारा रोक्का   •   नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)

चिनियाँ राष्ट्रपति सी दिँउसो १ बजे स्वदेश फर्कंदै, आजको कार्यक्रम तालिका यस्तो छ

49132
xi-jingping-preकाठमाडौं, २६ असोज  । दुई दिने नेपाल भ्रमणका लागि नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ आज स्वदेश फर्कंदै छन् । आज दिँउसो १ बजे बिशेष बिमानद्धारा सि स्वदेश र्फकने कार्यक्रम रहेको छ । 
दुईदिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आइपुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङले
शनिबार नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका छन् ।
सीले आइतबार विहानै देखि भेटवार्तालाई निरन्तरता दिने भएका छन् । सी ले आज बिहान १०ः३० बजे नेकपाका सचिवालय सदस्यहरूले संयुक्त रूपमा भेटवार्ता गर्ने तय भएको छ । नेकपाका सचिवालय सदस्यहरूसँगको संयुक्त भेटलगत्तै प्रचण्डले वान–अन–वान भेटवार्ता गर्ने बताइएको छ ।
नेकपा नेतासँगको भेटपछि सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । सी र ओलीको भेटवार्तापछि द्विपक्षीय वार्ता हुने कार्यतालिका छ । द्विपक्षीय वार्तामा विभिन्न सम्झौताहरूमा हस्ताक्षर हुनेछ ।
यो क्रम करिब १ घण्टासम्म चल्ने बताइएको छ । द्विपक्षीय वार्तापछि सी होटल फर्कने र दिउँसो १ बजे विमानस्थलबाट स्वदेश प्रस्थान गर्ने सेड्युल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*