राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ७ मा गर्ने आयोगको प्रस्ताव   •   राष्ट्रपतिसमक्ष उपनिर्वाचन प्रतिवेदन प्रस्तुत   •   सागमा गौरिकाको नयाँ कीर्तिमान, तीन स्वर्ण जित्ने पहिलो खेलाडी   •   हवाई टिकटको मूल्य नेपाली र विदेशीलाई समान बनाउनुपर्ने कार्यदलको सुझाव   •   बैदेशिक रोजगारीको क्रममा थला परेका प्रभात वाम्बुलेलाई अनिस प्रतिष्ठानद्धारा १ लाख १००० आर्थिक सहयोग   •   'भ्वाइस अफ नेपाल सिजन-२' को उपाधि राम लिम्बुलाई

‘न्युयोर्क ओपन’ करातेमा इन्टरनेश्नल मार्शल आर्ट एशोशिएशनकी लामाले जितिन् स्वर्ण पदक

49179

20191014_212233न्युयोर्क ओपन करातेमा नेपालीमुलका खेलाडीले स्वर्ण पदक जितेका छन् । नेपालीले संचालन गरेको अमेरिकाको पहिलो कराते स्कूल इन्टरनेश्नल मार्शल आर्ट एशोशिएशन न्युयोर्कबाट भाग लिएकी केल्साङ्ग लामाले करातेको कुमितेमा स्वर्ण पदक जितित । उनले कातामा पनि रजत पदक हात पारिन् ।

यस्तै सर्वोच्च राई कातामा रजत पदक जिते । इन्टरनेश्नल मार्शल आर्ट एशोशिएशनबाट प्रतियोगितामा सहभागि नाफिस महिम कतातर्फ स्वर्ण पदक जिते । महिम बंगलादेशीमुलका हुन् ।

चीनियाँ मुलकी जीच्याङ्ग लीले पनि इन्टरनेश्नल मार्शल आर्ट एशोशिएशनलाई कातामा स्वर्ण र कुमितेमा काश्य पदक जितिन् । बंगलादेशीमुलका समित चौधरीले पनि कातामा काश्य पदक जिते ।

इन्टरनेश्नल मार्शल आर्ट एशोशिएशनबाट न्युयोर्क ओपनमा पाँच जनाले भाग लिएका थिए । जस मध्ये उनीहरुले सात पदक जिते । एक दिने न्युयोर्क ओपनमा तीन सय ५० खेलाडीको सहभागिता थियो ।

इन्टरनेश्नल मार्शल आर्ट एशोशिएशन अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय कराते रेफ्री पर्खी खालिङद्वारा सन्चालित कराते स्कूल हो । एशोशिएशनका सन्चालक खालिङकाअनुसार यो स्कूलमा अहिले ७५ जनाले कराते सिक्दै आएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*