बंगलादेशी राष्ट्रपति हमिदले गरे फेवातालमा जलविहार   •   कालापानीबारे चीनले भन्यो- नेपाल र भारतले परामर्श र सम्झौताबाट विवाद टुंग्याउन्   •   माप्य दुधकोशी गाउँपालिकाका यूवा नेता दिपक थापा नेकपा प्रवेश   •   मन्त्रीपरिषद् पुर्नगठनको तयारी, नयाँ मन्त्री को को ?   •   नेपालको नक्सा गलत भएकाले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर   •   नेकपा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ को सपथ ग्रहण सम्पन्न

एनआरएनए सह–कोषाध्यक्षको बलियो दाबेदारमध्येका एक एसी शेर्पाले छोडेसँगै लोकप्रसाद दाहालको जित नजिक

49186
  • शिखरपोष्ट रिपोर्टर

lokकाठमाडौं, २७ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि विभिन्न पदका आकांक्षीहरुले आ–आफ्नो दाबेदारी प्रस्तुत गर्दै गर्दा सहकोषाध्यक्षका प्रत्यासी लोकप्रसाद दाहालको जित्ने आधार थप बलियो भएको छ ।
। सह–कोषाध्यक्षका अर्का बलियो उम्मेद्धारको रुपमा आफुलाई उभ्याउँदै आएका एसी शेर्पाले उम्मेद्धारी नदिने सुचना प्राप्त भएको छ ।

एसी शेर्पा स्वयंले शिखरपोष्टलाई संक्षिप्त प्रतिक्रिया दिदै आफुले सहकोषाध्यक्षमा दाबेदारी प्रस्तुत गर्दै आएपनि सबैको कल्यानका लागि त्यसबाट पछि हट्ने सोच बनाएको बताएका हुन् । शेर्पाले सो पदका लागि उम्मेद्धारी नदिने भएसँगै आफुलाई सबैभन्दा बलियो उम्मेद्धारको रुपमा उभ्याउँदै आएका दाहाललाई जित्नका लागि थप सहज बनेको हो ।

धादिङ बुढाथुममा जन्मिएका दाहाल बेल्जियममा बस्छन् । बेल्जियममा होटल तथा रेष्टुरेन्ट व्यवसायमा सफल दाहालले नेपालमा दुरदराजका ग्रामिण क्षेत्रको शिक्षा, स्वास्थ्य तथा मानबीय सेवामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् ।

उनले आफ्नो उम्मेद्धारीसँगै पाँच वटा चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।  संघलाई आर्थिक रुपमा पारदर्शी र मितव्ययी बनाई आन्तरिक लेखा प्रणाली र अत्याधुनिक प्रविधियुक्त लेखा प्रणालीको विकास गर्ने दाहालको प्रतिबद्धता रहेको छ ।

द्याहालका पाँच प्रतिबद्धताहरु यस्ता छन्ः
१. एनआरएनए लाई वास्तविक रुपमा सबै गैर आवासिय नेपालीहरुको सबल, सक्षम, विश्वासिलो, भरपर्दो र क्रियाशील संस्थाको रुपमा विकास गराउने ।
२. संस्थालाई आर्थिक रुपमा पारदर्शी र मितव्ययी बनाई आन्तरिक लेखा प्रणाली र अत्याधुनिक प्रविधियुक्त लेखाप्रणालीको विकास गर्ने । सभ्य समाज र भ्रष्टाचारमुक्त परिवेशको सिर्जना गर्ने ।
३. नेपाली अर्थतन्त्रको एक मुख्य हिस्सेदार मध्यपूर्वलाई विशेष प्राथमीकतामा राखी त्यहाँ कार्यरत नेपालीहरुको अधिकारको लागि आवाज उठाउने । सुरक्षित बैदेशिक रोजगारीको प्रत्याभूति प्रदान गराउने। दुबई, कतार, साउदी जस्तो नेपाली जनसंख्या धेरै भएको ठाउमा सबैलाई सजिलो पर्ने ठाउँमा कन्सुलर सेवा राख्ने ।
४. विश्वमा नेपाल चिनाउन र मुलुक सम्वृद्ध गराउने अभियान भिजिट नेपाल २०२० लाई सफल पार्ने ।
५. नेपालको विकास र समृद्धिमा एनआएनएहरुको सिप, अनुभव, पूँजी र लगानीलाई अधिकतम सदुपयोग गराउने । सामाजिक सेवाका कामहरुलाई कर्तव्य र दायीत्वका रुपमा अंगिकार गर्दै व्इापक जनसहभागिताको साथमा सम्पन्न गर्ने पुराना योजनाहरूलाई निरन्तरता दिँदै सफल गराउने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*