20191017_213148काठमाडौं / गैर आवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा जम्मा २ हजार ३४४ मत खसेको छ ।

बिहीबार बिहान १० बजेबाट हायत होटलमा मतदान प्रक्रिया सुरु भएको थियो ।

बुधबार मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दावी विरोध लगायतका काम सकिएको भएपनि साँझबाट शुरु हुने भनिएको मतदान प्राविधिक कारणले रोकिएको थियो ।

संघका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य नेतृत्वको प्यानलबीच प्रतिस्पर्धा भएको हो  ।

बिहीबारसम्म तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका प्रतिनिधि सहभागी छन् ।