बंगलादेशी राष्ट्रपति हमिदले गरे फेवातालमा जलविहार   •   कालापानीबारे चीनले भन्यो- नेपाल र भारतले परामर्श र सम्झौताबाट विवाद टुंग्याउन्   •   माप्य दुधकोशी गाउँपालिकाका यूवा नेता दिपक थापा नेकपा प्रवेश   •   मन्त्रीपरिषद् पुर्नगठनको तयारी, नयाँ मन्त्री को को ?   •   नेपालको नक्सा गलत भएकाले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर   •   नेकपा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ को सपथ ग्रहण सम्पन्न

स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्चद्वारा रोक्का

49291

sarbochcha-adalat-minकाठमाडौं  । स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्च अदालतले गैरसंवैधानिक ठहर्‍याएको छ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा तथा न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले स्थानीय तहका पदाधिकारीले लिइरहेका सेवासुविधा रोक्न फैसला सुनाएको हो ।

अधिवक्ता तथा कान्तिपुर टिभीका पत्रकार लोकेन्द्रबहादुर ओलीले दायर गरेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले प्रदेश १ बाहेक ६ वटै प्रदेशले स्थानीय तहका पदाधिकारीको सेवासुविधा सम्बन्धमा बनाएको ऐनका दफा ३ अन्तरगतका सम्पूर्ण अनुसूचीहरू बदर हुने फैसला सुनाएको छ ।

ओलीले दायर गरेकाे रिटमाथि गत बुधबारकाे संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ताहरू डाक्टर गाेविन्द गाैतम, शेरबहादुर केसी, डाक्टर चन्द्रकान्त ज्ञवाली, गाेपालकृष्ण घिमिरे, अधिवक्ताहरू सुदीप पाैडेल, पंकजकुमार कर्ण, ओमप्रकाश अर्याल, सन्ताेष भण्डारी, आरसी गौतम, डाक्टर शिवकुमार यादव, ज्ञानेन्द्रराज आरण, राधा जीसी, वीरेन्द्र गौतम र लक्ष्मी थापाले बहस गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*