बंगलादेशी राष्ट्रपति हमिदले गरे फेवातालमा जलविहार   •   कालापानीबारे चीनले भन्यो- नेपाल र भारतले परामर्श र सम्झौताबाट विवाद टुंग्याउन्   •   माप्य दुधकोशी गाउँपालिकाका यूवा नेता दिपक थापा नेकपा प्रवेश   •   मन्त्रीपरिषद् पुर्नगठनको तयारी, नयाँ मन्त्री को को ?   •   नेपालको नक्सा गलत भएकाले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर   •   नेकपा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ को सपथ ग्रहण सम्पन्न

खालिङ संघले छात्रबास निर्माणार्थ देउसीभैलोबाट उठायो करिब साढे पाँच लाख (फोटो फिचरसहित)

49488

 

  • शिखरपोष्ट रिपोर्टर

k6सोलुखुम्बु, १४ कात्तिक । किरात खालिङ राई उत्थान संघ जिल्ला कार्यसमिति सोलुखुम्बुको देउसी भैलो कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न भएको छ । आर्थिक अवस्था कमजोर भएका खालिङ विद्यार्थीहरुका लागि छात्रबास निर्माण सहयोगार्थ देउसीभैलो कार्यक्रम आयोजना गरिएको हो ।

जिल्ला सदरमुकाम सल्लेरी आसपासमा आयोजना गरिएको देउसीभैलो कार्यक्रमबाट जम्मा ५ लाख ४० हजार रुपैयाँ रकम संकलन भएको र आवश्यक खर्च कटाएर बचत भएको रकम छात्रबास निर्माणमा खर्चिने संघले जनाएको छ ।

अघिल्ला वर्षहरुमा पनि गाउँगाउँमा देउसी खेलेर उठेको करिब ७ लाख रुपैयाँ रकम सोही शिर्षकमा राखिएको छ । ‘यो बर्षको रकम थपेर सल्लेरीमा जग्गा खरिद गर्ने योजनामा छौं’ जिल्ला सचिव सुमन खालिङले भन्नुभयो ‘अब चाँडै नै त्यो काम अगाडि बढाउनेछौं ।’

देउसीभैलोको अवसरमा विभिन्न साँस्कृतिक प्रस्तुतिहरुसमेत प्रस्तुत गरिएको थियो ।  k k1 k2 k3 k4 k5 k6 k7 k8 k9 k10


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*