बंगलादेशी राष्ट्रपति हमिदले गरे फेवातालमा जलविहार   •   कालापानीबारे चीनले भन्यो- नेपाल र भारतले परामर्श र सम्झौताबाट विवाद टुंग्याउन्   •   माप्य दुधकोशी गाउँपालिकाका यूवा नेता दिपक थापा नेकपा प्रवेश   •   मन्त्रीपरिषद् पुर्नगठनको तयारी, नयाँ मन्त्री को को ?   •   नेपालको नक्सा गलत भएकाले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर   •   नेकपा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ को सपथ ग्रहण सम्पन्न

उपनिर्वाचनका उमेदवार तय गर्न कांग्रेस पदाधिकारी बैठक देउवा निवासमा जारी

49509

sherकाठमाडौं । आशन्न उपनिर्वाचनमा पार्टीका तर्फबाट उठ्ने उमेदवारका बारेमा टुंगो लगाउन नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । उमेदवार चयनका लागि गठन गरिने संयन्त्रलगायतका बारेमा छलफल गर्न कांग्रेसले आज (बिहीबार) का लागि तय गरेको केन्द्रीय कार्यसमिति बैठकलाई भोलि (शुक्रबार) का लागि सारेर पदाधिकारी बैठक बोलाएको छ ।

आगामी मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनका लागि सिफारिस गरिएका नामका बारेमा छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक जारी रहेको बैठकमा सहभागी एक नेताका सहयोगीले बताएका छन् । यसअघि गत सोमबार पनि कांग्रेस पदाधिकारीको बैठक बसेर उपनिर्वाचनको तयारीका बारेमा छलफल गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

“उपचुनावको तयारीका क्रममा दिपावलीको मध्याह्न कांग्रेस पदाधिकारी बैठक बस्यो । बैठकले हार्दिकता र एकतापूर्वक नीतिगत धारणा निर्माण गरेको छ,” उनले भनेका छन्, “१४ गते (बिहीबार) पदाधिकारी बैठक पुनः बस्ने गरी केन्द्रीय समितिको बैठक १५ गतेका लागि सारिएको छ ।”

प्रवक्ता शर्माका अनुसार केन्द्रीय कार्यसमिति बैठक शुक्रबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ । यसअघि कात्तिक ७ गतेका लागि बोलाइएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल समूह उपस्थित नभएपछि स्थगित भएको थियो । सभापति देउवाले विधानविपरीत विभागहरु गठनको तयारी गरेपछि असन्तुष्टि जनाउँदै पौडेल समूह बैठकमा अनुपस्थित भएको थियो ।

कांग्रेसको संशोधित विधानमा २८ वटा विभाग गठनको व्यवस्था गरिएको भए पनि सभापति देउवाले ४२ वटा विभाग गठनको प्रस्ताव गरिरहेका छन् । कांग्रेसको विधानमा रहेको ‘केन्द्रीय कार्यसमितिले आवश्यक विभाग थप गर्न सक्ने’ प्रावधानमा टेकेर देउवा विभाग थपको प्रयासमा देखिएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*