बंगलादेशी राष्ट्रपति हमिदले गरे फेवातालमा जलविहार   •   कालापानीबारे चीनले भन्यो- नेपाल र भारतले परामर्श र सम्झौताबाट विवाद टुंग्याउन्   •   माप्य दुधकोशी गाउँपालिकाका यूवा नेता दिपक थापा नेकपा प्रवेश   •   मन्त्रीपरिषद् पुर्नगठनको तयारी, नयाँ मन्त्री को को ?   •   नेपालको नक्सा गलत भएकाले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर   •   नेकपा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ को सपथ ग्रहण सम्पन्न

महराविरुद्ध अदालतमा मुद्दा दर्ता हुँदै

49512

N0Q3789काठमाडौं, १४ कात्तिक २०७६ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध बिहीवार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ताको तयारी भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्धको मुद्दा दर्ताको तयारी गरेको हो ।

प्रहरीले अनुसन्धान सकेर तिहार अगाडि नै जिल्ला सरकारी वकिलको कार्यालयमा मिसिल बुझाएको थियो । महिलामाथि बलात्कार प्रयास आरोपमा गत असोज १९ गते पक्राउ परेका महरालाई प्रहरीले ३ पटक म्याद थपेर अनुसन्धान गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका एक अधिकारीले महराविरुद्धको मुद्दा बिहीवारै अदालतमा दर्ता हुने जानकारी दिए । ‘हामी मुद्दा तयार गर्दैछौं, आजै दर्ता गर्छाैं,’ ती अधिकारीले लोकान्तरसँग भने ।

महिलामाथि दुर्व्यवहारको आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए ।

जिल्ला अदालतबाट हिरासतमा राख्न लिएको तेस्रो पटकको म्याद शुक्रवार सकिँदैछ । स्वास्थ्यको कारण दर्शाउदै महरा अस्पतालमा बसेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*