बंगलादेशी राष्ट्रपति हमिदले गरे फेवातालमा जलविहार   •   कालापानीबारे चीनले भन्यो- नेपाल र भारतले परामर्श र सम्झौताबाट विवाद टुंग्याउन्   •   माप्य दुधकोशी गाउँपालिकाका यूवा नेता दिपक थापा नेकपा प्रवेश   •   मन्त्रीपरिषद् पुर्नगठनको तयारी, नयाँ मन्त्री को को ?   •   नेपालको नक्सा गलत भएकाले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर   •   नेकपा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ को सपथ ग्रहण सम्पन्न

खुम्बु क्षेत्रमा पाँच हजार वटा बाँसबाट बनेको ब्रस वितरण गरिदै

49522

brasकाठमाडौं । हम्बल स्माईल फाउण्डेसनले नेपालको खुम्बु क्षेत्रको विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई बाँसबाट बनेको वातावरणमैत्री दाँत माझ्ने ब्रस वितरण गर्दैछ ।

मकालु एड्भेञ्चरबाट नेपालमा पदयात्रा गर्न आएका चेक रिपब्लिकका नागरिक गार्ड जेम्स के ले खुम्बु क्षेत्रका २२ वटा विद्यालय र नुवाकोटको दाङसिङमा पाँच हजार ब्रसहरु वितरण गर्ने मकालु एड्भेञ्चरका प्रबन्ध निर्देशक मोहन लम्सालले जानकारी दिए । सो सम्बन्धमा जानकारी दिन शुक्रबार ठमेलमा आयोजित पत्रकार सम्मेलनमा जेम्सले आँफुले वालवालिकाहरुलाई दाँत माझ्ने विधिसमेत सिकाउने उनले बताए ।

फाउण्डेसनले आपा शेर्पा फाउण्डेसन र हिमालयन ट्रष्टसँगको सहकार्यमा यस ओरल हाईजिन प्रोजेक्ट सञ्चालन गर्नेछ । जेम्सको नेतृत्वमा अघिल्लो वर्ष समेत मकालु एड्भेञ्चरले बाघ प्रजातीको संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले सगरमाथा आधार शिविरसम्मको पदयात्रा सम्पन्न भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*